जापानीज भाषाको परीक्षा शनिबार पोखरामा


पोखरा, २४ माघ । पोखरामा जापानीज भाषा परीक्षा हुने भएको छ । मोग सर्भिस प्रालिको आयोजनामा अनलाइनबाट परीक्षा लिइनेछ । फरवरी ९ अर्थात फागुन २६ गते शनिबार परीक्षा हुनेछ । परीक्षामा सहभागी हुन चाहनेहरुले फरवरी ७ अर्थात माघ २४ गते बिहीबारसम्ममा नाम दर्ता गर्नुपर्ने प्रालिका प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतीले जानकारी दिए ।


पोखरामा पहिलो पटक अनलाइनबाट जापानीज भाषा परीक्षा ‘पिजेसी ब्रिज टेष्ट’ हुन लागेको हो । इन्टरनेशनल कलेज एप्लाइज साइन्स अनुपम मार्गमा परीक्षा हुनेछ । परीक्षा शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । अनलाइन टेष्टको रिजल्ट २४ घन्टा भित्र आउने प्रजापतीले जानकारी दिए । ‘अबदेखि प्रत्येक महिना जापानीज भाषाको अनलाइन टेष्ट पोखरामा हुनेछ,’ उनले भने ।
परीक्षामा सहभागी हुन चाहनेहरुले नाम दर्ताका लागि नेपाल भाषा संघ (लान)मा सम्पर्क गर्न सकिने लानका अध्यक्ष युवराज खनालले जानकारी दिए ।


प्रालिले नेपालमै पहिलोपटक जापानिज भाषा परीक्षा अनलाइनबाट दिन पाउने व्यवस्था गरेको हो । अहिलेसम्म जापानिज भाषा परीक्षा कागजको प्रयोग गरेर लिने गरिएको थियो । ‘परीक्षाको नतिजा पनि तुरुन्तै थाहा पाउन सकिन्छ,’ उनले भने, ‘कागजबाट दिइने परीक्षाको नतिजा आउन समय लाग्ने भएकाले अनलाइन परीक्षा प्रभावकारी हुनेछ ।’

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top