निरन्तर प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

काठमाडौँ, २४ माघ – बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । यो समाचार आजको नेपालसमाचारपत्रमा गंगा बरालले लेखेका छन् । मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा परेर के जवाफ दिने भन्नेमा अलमलमा पर्नुभएको थियो ।

सांसदहरुले आफ्नै स्थानबाट प्रश्न गरेका थिए । सांसदको प्रश्न सकिएपछि जवाफ दिन गृहमन्त्रीले अटेर गरेझैँ गरे पनि जवाफ दिन वाध्य हुनुपरेको थियो । प्रश्न अप्ठेरो भएको र सत्यतथ्य जवाफ के दिने भन्ने टुंंगो नहुँदा सभामुख कृष्णबहादु महाराले पटकपटक मन्त्रीलाई दिन आग्रह गर्नुपरेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top