सिद्धार्थ माविको वार्षिकोत्सव सम्पन्न

स्याङ्जा , २३ माघ ।  सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाको ४४ औं वार्षिंकोत्सव कार्यक्रम एक कार्यक्रमका विच मंगलबार सम्पन्न भएको छ ।स्याङ्जाको फेदीखोला गाँउपालिका–२ मा अवस्थित विद्यालयले स्थापनाको ४३ वर्ष पुरा भएर ४४ वर्षमा प्रवेश गरेको अवसरमा आज वार्षिकोत्सव मनाएको हो ।वार्षिकोत्सवको फेदीखोला गाँउपालिकाका प्रमुख घनश्याम सुबेदीले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै गाँउपालिका प्रमुख सुबेदीले विद्यालयले शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नगरि शिक्षा दिन आग्रह गरे । उनले अहिलेको आवश्यकता भनेको नै गुणस्तरिय शिक्षा रहेकोे भन्दै गाँउपालिकाको बजेटको ५९ प्रतिशत शिक्षामा खर्च गरिएको बताए । उनले प्राविधिक शिक्षाका क्षेत्रमा पनि गाँउपालिकाको विशेष पहल रहेको भन्दै विद्यालयमा ३०–३५ लाख बढि विनियोजन गरिएको बताए । उनले गाँउपालिकाले शिक्षा, स्वास्थ्य, प्राविधिक क्षेत्रमा महत्वका साथ काम गरिरहेको र त्यसमा पनि सहयोग गर्न उनले सबैलाई आग्रह गरे ।

उनले भने –‘देशभरका सामुदायिक विद्यालयको तुलनामा सिद्धार्थ माविले विभिन्न शैक्षिक तहको गुणस्तर लोभलाग्दो मैले पाएको छु । यस्लाई निरन्तरता दिँदै लैजान जरुरी छ ।’
कार्यक्रममा गाँउपालिकाका उप–प्रमुख देवी थापाले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न विद्यालयको शैक्षिक वातारण, शिक्षक, अभिभावक र विद्यार्थी एक अर्काका परिपुरक भएको भन्दै अभिभावकले पनि विद्यार्थीको पढाई तथा विद्यालयको बारेमा समय–समयमा विद्यालयमा पुगेरै जानकारी लिन जरुरी रहेको बताइन ।

कार्यक्रममा वडाध्यक्ष हिमालयजंग बाँनिया, सिद्धार्थ माविका स्रोतव्यक्ति लक्ष्मण शर्मा पनेरु, पूर्व शिक्षक दिवाकर सुवेदी लगायतले बोलेका थिए । साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चित्र बहादु्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक मनोज कुमार शर्माले शैक्षिक प्रतिवेदन, लेखापाल दिपक पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सोभाकान्त शर्मा, लिला प्रसाद पराजुली र समिक्षा पौडेलले गरेकी थिइन ।कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top