घिउ कुमारीकाे सेवनबाट हुन्छ ! यस्ता समस्याकाे समाधान

काठमाडौँ, २२ माघ ।   घिउ कुमारी छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेत यसबाट हुने गर्दछ । घिउ कुमारीमा भिटामिन ए र सी रहने भएकाले यस्को श्रोतको रुपमा घिउ कुमारी लिने गरिन्छ ।

कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्न यसको प्रयोग हुन्छ र जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ ।

दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा ट्नबाट बचाउँन सकिन्छ । घिउ कुमारीले छालाको नरमपनलाई कायम राख्दछ । र छालामा चाहिने आवश्यक म्वाइस्चर यस्ले प्रदान गर्दछ ।

डण्डिफोर जस्ता छालामा आउँने सबै प्रकारका घाउँ खटिराहरुबाट छालालाई बचाउने काम यसले गर्दछ घ्यू कुमारीको गुदी मनतातो पारेर २ ३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

मस्तिष्कको रोगमा नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

घ्यू कुमारीको गुदी बिहान बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ । घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top