नवनियुक्त राजदूतहरुसँग भेटघाट एवं छलफल

विभिन्न मित्रराष्ट्रहरुका लागि नियुक्त हुनभएका राजदूतहरु एवं नेपाल उद्योग परिसंघका पदाधिकारीहरु एवं कार्यसमितिका सदस्यहरु बीच माघ २० गते भेटघाट एवं छलफल कार्यक्रम परिसंघमा सम्पन्नभएको छ ।मित्रराष्ट्रहरु भारत, इजरायल, मलेसिया, यु ए ई, फ्रान्स, कुवेत, क्यानडा र थाइल्याण्ड तथा संयुक्त राष्ट्रसंघका लागि नियुक्त हुनुभएका राजदूतहरुको स्वागत गर्नु हुँदै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा राजनीतिक स्थिरता आएसँगै वर्तमान सरकारले आर्थिक समृद्धि र लगानी विस्तारमा विशेष जोड दिदै लगानीमैत्री कानुनहरुको तर्जुमा गरेको वर्तमान स्थितिमा नवनियुक्त राजदूतहरुको भूमिका समेत फेरिएको आफूले महशूस गरेको विचार व्यक्त गरेका छन्।


छलफलको क्रममा अध्यक्ष शर्माले सम्बन्धित देश र नेपालको निजी क्षेत्र बीचको सहकार्य र सम्बन्ध
विस्तारमा राजदूतहरुले आफ्नो मूख्य लक्ष्य र योजना सहित परिसंघ जस्ता संस्थाहरुको सहयोग र
सहकार्यमा जुट्न सकेको खण्डमा नेपालमा लगानी वृद्धिमा सहयोग पुग्ने विश्वास लिएको बताए ।
सो कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आर्थिक कुटनीतिकको
वर्तमान सन्दर्भमा राजदूतहरुको भूमिका राजनीतिक कुटनीति मात्र नभइ बजार प्रतिनिधि (Marketing Representation ) को समेत हुनुपर्ने कुरामा जोड दिदै अबको कुटनीति निजी क्षेत्रसँगको सहकार्य, समझदारी र संलग्नताको अभावमा सफल नहुने भएकोले नवनियुक्त राजदूतहरुले यस विषयमा विशेष प्राथमिकता दिइ कार्ययोजना बनाउनु पर्ने विचार व्यक्त गरे ।
छलफलको क्रममा भारतका लागि नवनियुक्त राजदूत निलम्बर आचार्यले अबको दूतावासहरुले
व्यवसायमैत्री सम्पर्क र युवा उद्यमीहरुलाई प्रोत्साहन दिने कार्यक्रम ल्याई अघि बढ्नुपर्ने विषयमा जोड दिए ।


उक्त छलफल कार्यक्रममा आ–आफ्नो मन्तव्य तथा धारणा व्यक्त गर्नु हुँदै नवनियुक्त राजदूतहरु अञ्जन शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), कृष्ण प्रसाद ढकाल (यू ए इ), दिपक अधिकारी (फ्रान्स),दूर्गा प्रसाद भण्डारी (कुवेत), भृगु ढुङ्गाना (क्यानडा), गणेश प्रसाद ढकाल (थाइल्याण्ड), मणी प्रसाद भट्टराई (यू एन, जेनेभा) र अमृत बहादुर राई ( यू एन, न्यूयोर्क) ले नेपालमा लगानी भित्र्याउने एवं नेपालको लगानीमैत्री वातावरण बारे पैरवी गर्नेमा आ–आफ्नो तहबाट निजी क्षेत्रसँग सहकार्य र सम्बन्ध विस्तारमा प्रयासरत रहने विश्वास व्यक्त गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top