नेपाली काँग्रेस पोखरा १९ का सहसंयोजक वास्तोलालाई पितृशोक

पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. १९ का सहसंयोजक दुर्गादत्त वास्तोलालाई पितृशोक परेको छ । उहाँका पिता ऋषिनाथ वास्तोलाको ६७ वर्षको उमेरमा आईतबार चितवनस्थित भरतपुर अस्पतालमा निधन भएको हो । उनि केहि समय अघिदेखि निमोनिया रोगले पिडित थिए । उनको सोमवार पुरन्चौरस्थित चिन्ते वगर घाटमा अन्तिम दाहसंस्थार गरिएको थियो ।

उनको पार्थिव शरिरमा नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य पुष्पेन्द्र पाण्डे, पोखरा १९ का संयोजक महेश्वर पौडेल, क्षेत्रिय सचिव खिमलाल वास्तोला र पोखरा १९ का सचिव विष्णु वास्तोला प्रकाशले पार्टीको झण्डा ओडाएका थिए ।

स्वर्गिय वास्तोला नेपाली काँग्रेस पार्टीको तर्फबाट २०४९ र २०५४ सालको स्थानिय निर्वाचनमा साविक पुरन्चौर वडा नं. ३ को वडा अध्यक्ष पदका प्रत्यासी थिए । उनका एक श्रीमती, चार छोराहरु, चार बुहारीहरु, आठ नातिनातिना छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top