किन विवादमा परे ‘सालको पात टपरी हुने…’ गाउँदा रवि ओड ?

?

काठमाडौं । नेपाल आइडल २ का विजेता रवि ओड अहिले विवादमा परेका छन् । चर्चित लोकदोहोरी गीत ‘सालको पात टपरी हुने…’गीत स्टेजमा गाउँदा विगारेको भन्दै रवि विवादमा परेका हुन् । अष्ट्रेलियामा भ्रमणमा रहेका बेला ब्रिस्बेनमा आयोजित कन्सर्टमा ‘सालको पात टपरी हुने’ गीतलाई खराब तरिकाले गाएपछि रवि विवादमा मुछिएका छन् । सो गीतका संगीतकार बसन्त थापाले प्रश्न उठाएपछि रवि विवादमा परेका हुन् ।

रविले आफ्नै यूट्यूब च्यानलबाट यो गायनको भिडियो अपलोड गरेपछि आलोचना भएको थियो । शब्द नै कन्ठ नगरी गीत गाएको भनेर धेरैले कमेन्ट गरेका छन् ।

गीतका संगीतकार बसन्त थापाले पनि फेसबुकमा टिप्पणी गरे । उनले एकातर्फ गीतका सर्जकसँग अनुमति नलिई गाएको, गाउनुअघि क्रेडिट नदिएको तथा शब्दहरु नै तोडमोड गरेर गाएको भन्दै दुःख प्रकट गरेका थिए ।

तर, बसन्तमाथि रविका फ्यानले गालीगलौज नै हुन थालेपछि उनले स्टाटस हटाएका छन्
संगीतकार थापाले रविसँग म्यासेन्जरमा भएको वार्ताको स्क्रिनसट पनि सार्वजनिक गरेका छन्, जसमा रविले गल्ती स्वीकारेको देखिन्छ । ‘मैले नसोधी गाएको छु र मिस्टेक पनि गरेको छु, सरी ल दाइ‘’ वार्तामा रविले भनेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top