कविता “धर्म” शार्दूलबिक्रीडित छन्द


स्याङ्जा, २० माघ ।

पैसा चामल फलफूलहरु ती,भेटी चढाईकन
भोकै बसेर कसरी मिल्छ धर्म ,लौन मलाई भन
कुरा बुझ तिमी कपटी मनले,हुदैन धर्म भनी
भोको पेट ब्याकुल बनेर यहा ,मन्दिर धाए पनि ।१।

मन चङ्गा त कटौरीमा छ गङ्गा,भन्ने उखान भुली
हुन्न धर्म भोकभोकै मन्दिरमा ,नित्य तिमी त डुली
बाचा गरौं तिमी र म मिली लौ न,मनको मैलो फालौ
मन्दिरमा होइन दु:खी मनमा,हर्षको दियो बालौ ।२।

मनुष्य भई जन्मिए पछि हामी ,गरौं है आफ्नो कर्म
दीन दु:खीमा सहयोग गरौं न,सम्झेर ठूलो धर्म
मठ मन्दिर धाएर मूर्तिलाई ,पूजा त गरि कन
कस्ले पायो बरदान भक्तजन,लौ न मलाई भन ।३।

अलग्गै बस्नु पर्ने किन हो भन,रजस्वलाको बेला
प्रकृतिको बरदान नबुझी त्यो ,गरेर सधैं हेला
प्रार्थना गर्ने ओठ भन्दा सेवा त,गर्नेहरु ती हात
महान भन्ने भनाइलाई सधैं ,गरौ है आत्मसात ।४।

बा आमालाई फालेर बृद्धाश्रम,खुशी बनाई मन
कसरी गर्यौ तिमीले धर्म यहा ,बुझ्ने गरेर भन
सेवा गर दु:खी दान गर पुण्य ,कामका मात्र लागि
त्यही मिल्छ ठूलो धर्म तिमीलाई,केही वर नमागी ।५।

हुदैन धर्म हप्ताको तीन् दिन् तिमी ,व्रत बसेर पनि
बुझ म त होइन धर्म बिरोधि ,तिमीले सम्झे पनि
बाटो फरक धर्मको तिम्रो मेरो ,भुलेर आफ्नो कर्म
भोकालाई खाना नाङ्गालाई लुगा ,दिए त हुन्छ धर्म ।६।

फेदिखोला २ नाइटे स्याङ्जा
हाल खाडी मुलुकबाट
खड्का महेन्द्र कुमार

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top