‘कालिगण्डकी करिडोरलाई धार्मिक मार्ग बनाउनु पर्छ ‘


बागलुङ , २० माघ । परराष्ट्रमन्त्रि प्रदीपकुमार ज्ञवालीले कालिगण्डकी करिडोरलाई धार्मिक मार्गको रुपमा विकास गर्नुपर्ने बताएका छन् । करिडोरको बाग्लुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको उद्घाटन गर्दै उनले भारत र चीनका धार्मिक पर्यटकको मुख्य मार्गको रुपमा करिडोरलाई विकास गर्नुपर्ने बताएका छन् । मन्त्रि ज्ञवालीले त्रिदेशीय सिधा सम्पर्क गरी चीन र भारतमा आयात ,निर्यातका साथै पर्यटकको आगमनको लागि करिडोरको महोत्त्पूर्ण भूमिका रहने बताए । करिडोर नेपालीको भाग्यरेखा भएको भन्दै ठुला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने मुख्य मार्गका रुपमा स्थापित हुने दाबी गरे । कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले करिडोरलार्ई देशको आर्थिक विकाससंग जोडेर हेर्नुपर्ने बताए । राष्ट्रिय गौरवको आयोजनालाई सरकारले प्राथमिकता राखेका यसका लागि आवश्यक साधन तथा स्रोतको अभाब हुन नदिने भन्दै उनले बनेका संरचनाको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

कालिगण्डकी करिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले २० करोड बजेट विनियोजन गरेको छ । सडक निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ । तत्कालका लागि बागलुङ खण्डमा मालढुंगादेखि बलेवा विमानस्थलसम्मको सडक १० किलोमिटर चौडा पारिनेछ । चालु आर्थिक बर्षमा काम सकेर कालोपत्रेका लगि सडक विभागलाई हस्तान्तरण गर्ने योजना रहेको छ । चीनको कोरालादेखी भारतको सुनौली नाका जोड्ने ४ सय ३५ किमिको सडक त्रिदेशीय ब्यापार तथा पर्वाहन महत्वपूर्ण नाका बन्नेछ । यो सडकले कोरालादेखि म्याग्दी ,बाग्लुङ ,गुल्मी ,पाल्पा ,नवलपरासी हुदै भारत जोड्नेछ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top