९ महिनाकी शिशुलाई कलेजो दान

म्याग्दी , २० माघ । कलेजिकी टुक्रा जस्ती मायालु छोरीलाई ४ महिनामा बिसन्चो हुदा रेश्मा र प्रदिप रन्तिजाको शोकसुर्ताले मुटु दुख्यो । बेनीमा जचाए निको भएन । पोखरामा लगे ,त्यहाँ पनि उपाय चलेन । काठमाडौं पुर्याए ,निको हुनु त पर रोग पनि पत्ता लागेन । दिल्ली नै गएपछि थाहा भयो ,४ महिने छोरीको कलेजोमा समस्या रहेछ । तामाको मुनाजस्ती छोरीलाई उपचार गरेर निको पार्न अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका रेश्मा प्रदिप दम्पति निकै दौडधुप गरे । धुपध्वार गरे ,देवीदेउता पुकारे । अँह , छोरीलाई २० को १९ भएन । डाक्टरकहाँ लागे । निकै भएन । अर्कातिर पैसाले भ्याएन । डाक्टरले भने ,छोरीको कलेजो फेर्नुपर्छ , कसैले दान गर्नु पर्यो ।’ मिल्ने भए आफ्नै मुटु पनि दिन तयार आमाबुबा दुवैसंग छोरीको कलेजो म्याच भएन । झन् पनि कसको मिल्ला भन्ने हुँदाहुँदै म्याग्दी समाजमा खबर फैलियो : बालिका सायना रन्तिजाको कलेजो फेर्न आर्थिक अभाव , कलेजो दाता पनि चाहियो । आखिर चन्द्र केसी सायनाका लागि बाबुआमाजस्तै प्यारा बनेर झुल्किय । अहिले ९ महिनामा पुगेकी ति बचरी कलेजोको टुक्रा काटेर दिन केसी राजी भए । म्याग्दीमा असहाय र बिपन्नलाई सहयोग पुर्यादै आएको संस्था ओमकुमारी शान्ति कोषका संथापक अध्यक्ष केसी स्वयं जो हुन् । पहिलापहिला खल्तीका पैसा सहयोग गर्थे । अरूसँग सहयोग जुटाएर गाउँ पुर्याउने गर्थे । कहिले मिर्गौला रोगीको उपचार हुन्थ्यो , कहिले मुटु रोगीको । कहिले कलिला हातहरुमा कापि कलम थमाउथे ,कहिले थरथर कापिरहेको जिउमा न्यानो लुगा । यसपालीचाहिँ केसीले आफ्नै कलेजोको टुक्रा ती बालिकालाई दिएका छन् । ओमकुमार शान्ति कोषकै पहलमा सायनाको रोग पत्ता लगाउने र उपचार गर्ने प्रक्रिया चलिरहेकै थियो । कलेजो प्रत्यरोपणगर्नुपर्ने भएपछि दिल्लीमा उपचार तय भयो । कानुनी प्रक्रियाचाहिँ पुर्याउनै पर्यो नेपाल र भारत दुवैतिर । त्यो प्रक्रिया पुरा गरिवरि शुक्रबार केसीको कलेजोको टुक्रा बालिका सायना प्रत्यरोपण गरिएको छ । भारतको सर गंगाराम अस्पतालमा रन्तिजालाई केसीले दान गरेको कलेजो प्रत्यरोपण गरिएको ओमकुमारि शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका छन् ।’ आज केसीले मानवीय सेवा र दानवीरहरुको अभिलेखमा दुर्लभ साहसको एउटा अभिलेख राख्नु भएको छ,’ शाक्यले भने ,कोषलाई स्थापनादेखि अहिलेसम्मको स्त्थितिमा ल्याउन उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय थियो ,आज झन् महान् पुण्य गर्नुभयो ।’ केसीको करिब ३० प्रतिशत कलेजो निकालेर प्रत्यारोपण गरिएको शाक्यले बताए । बिरामी सायना र दानवीर केसी दुवै अस्पताल भर्ना छन् ।’प्रत्यारोपण गरेपछि बिरामी र कलेजो दान गर्ने केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ ,’ शाक्यले भने । सायनाको जिबन रक्षका लागि प्रवासमा रहेका म्यागदेलिको पहलमा ३० लाख रुपैयाँ संकलन भएको थियो । कलेजो प्रत्यरोपणअघी १२ लाख रुपैयाँ खर्च भैसकेको थियो । अहिले प्रत्यरोपणका लागिमात्रै १७ लाख भारूभन्दा बढी आवश्यक भएकाले थप सहयोगका लागि कोषले अव्हान गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top