होसानको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सम्पन्न

नवलपुर । होमस्टे (घरबास) एशोसिएसन नेपाल (होसान) को दोश्रो राष्ट्रिय कार्यशाला गोष्ठी एवं सम्मेलनको उद्घाटन समारोह सम्पन्न भएको छ । नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको प्रमूख आतिथ्यतामा उक्त उद्घाटन समारोह सम्पन्न भएको हो । “प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण, होमस्टेको अभियान” भन्ने मुल नाराका साथ नवलपुर जिल्लाको देउचुली नगरपालिका वडा नम्बर १७, पिप्रहरस्थित सामुदायिक होमस्टे ग्राममा आयोजना गरिएको उक्त सम्मेलनको उदघाटन समारोह होमस्टे एसोशिएसन नेपालका अध्यक्ष भीमबहादुर केसीको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पोखरेलले पर्यटन क्षेत्रको दिगो विकासका लागि संघीय सरकार समय सापेक्षित नीति निर्माण गर्न तयार रहेको बताए । उनले भने ‘नेपालका पर्यटकीय सम्पदाहरु प्रकृतिले नै दिएको छ, आर्थिक लगानी गरेर पर्यटकीय वस्तु बनाईरहनु आवश्यक छैन । कृतिम आकर्षणहरु नभई प्राकृतिक वस्तुहरुलाई प्याकेज बनाएर पर्यटकहरु आकर्षित गर्न सकियो भने हामीसँग पर्यटनको श्रोत प्रसस्तै उपलब्ध छन् ।’ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले होमस्टे एसोशियसन नेपालले स्थापनाको छोटो समयमा नै ठूलो काम गरेर देखाएको भन्दै एसोसियशनका सम्पूर्ण टीमको खुलेरै प्रशंसा गरे ।

कार्यक्रमका अतिथि एवं गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपालीले नेपालका पर्यटकीय वस्तुहरुको प्याकेजिङ्ग तथा ब्राण्डिङ्ग गरेर बजारीकरण गर्न सके पर्यटन प्रबद्र्धनमा विशेष टेवा पुग्ने बताए । उनले भने ‘गाउँघरमा बनाईएका वस्तुहरु अथवा स्थानीय घरेलु प्रविधिमा बनाईएका रक्सीहरु पुलिसले पोखेर समाचार बनाउनुको सट्टा ती उत्पादनहरुको एउटा ब्राण्ड बनाएर विश्व बजारमा विक्री वितरण गर्ने नीति नेपाल सरकारले अपनाउनु पर्छ । यसले स्थानीयस्तरको आर्थिक अवस्थामा टेवा पुग्न सक्छ ।‘

कार्यक्रमका अर्का अतिथि नेकपाका केन्द्रीय सदस्य एवं पार्टीका पर्यटन विभाग प्रमूख सूर्य थापाले नेपालभित्रिने पर्यटकहरुबाट लिईने शुल्क जस्तै नेपालबाट विभिन्न देशमा जाने नेपाली पर्यटकहरुबाट पनि भ्रमण शुल्क लिने नीति राज्यले अख्तियार गर्नुपर्नेमा जोड दिए । उनले भने ‘विदेशी पर्यटक नेपाल आएर खर्च गर्दा देशले वैदेशिक मुद्रा आर्जन गर्न सक्छ, तर नेपालीहरुले विदेशको भ्रमण गर्दा देशको मुद्रा बाहिरिन्छ, त्यसमा पनि नेपालबाट विभिन्न उद्देश्यले विदेश भ्रमण गर्नेहरुको संख्या ठूलो हुदै गईरहेको छ ।’

त्यसैगरी गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्राईले सामुदायिक होमस्टे मार्पmत आर्थिक समृद्धि हासिल गर्न सक्ने कुरामा गरिबी निवारण कोषले विश्वास गर्दै आएको धारणा ब्यक्त गरे । नेपालमा गरिबी न्युनिकरण गर्न कोषले सञ्चालन गर्दै आएका कार्यक्रमहरुमध्ये होमस्टे प्रबद्र्धन पनि एउटा उत्कृष्ट कार्यक्रमको रुपमा आपूmले लिदै आएको उपाध्यक्ष भट्राईले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालले नेपालमा पर्यटनबोर्डले पर्यटन विकासका लागि सबै पक्षका सरोकारवालाहरुसँग हातेमालो गर्दै अगाडि बढेको बताए । नेपालमा पर्यटनका विकासबाट आर्थिक समृद्धि निश्चित भएको उनको दावी थियो ।

समारोहमा तारागाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुईटेलले तारागाउँ विकास समितिले विशेषगरी होमस्टे प्रबद्र्धनमा आपूmहरुले संभाव्यताको अध्ययन र उपलब्धीका लागि आवश्यक रुपमा अभ्यास गर्दै आएको जानकारी दिए । त्यसैगरी समारोहको अतिथिका रुपमा सहभागी भएका डब्लु डब्लु एफका वरिष्ठ निर्देशक सन्तोषमणी नेपालले सामुदायिक होमस्टेको गतिविधिले जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले डब्लु डब्लु एफको उद्देश्य पुरा गर्न होमस्टे अभियानले विशेष टेवा पुग्नेमा आफुहरुको विश्वास रहेको धारणा ब्यक्त गरे । त्यस्तै चितवन राष्ट्रिय निकुञ्जका प्रमूख वेदकुमार ढकालले चितवन राष्ट्रिय निकुञ्ज पर्यटनसँग जोडिएकै कारण यस क्षेत्रको पर्यटन व्यवसायीहरुसँग मिलेर काम गर्दै आएको स्पष्ट पारे ।

कार्यक्रमको उद्घाटन समारोह सकिएपछि कार्याशाला गोष्ठी सञ्चालन गरिएको थियो । कार्याशाला गोष्ठीमा होमस्टे एसोशियसन नेपालका सल्लाहकार एवं पर्यटनविद् डा.आलोक प्रसाईले पर्यटन विकासमा होमस्टेहरुले नेपालको आर्थिक समृद्धिमा कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छन र पर्यटनको सम्भावना कस्तो छ रु भन्ने चित्रण सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी तारागाउँ विकास समितिका वरिष्ठ अधिकृत घनश्याम ढकालले होमस्टे विकासमा तारागाउँ विकास समितिले हालसम्म गरेका र अव गर्ने कामको विवरणसहितको कार्यक्रम प्रस्तुत गरको थिए । प्रस्तुत गरिएका कार्यपत्रहरुमाथी गुठी संस्थानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवाली, नेपाल पर्यटन बोर्डका निर्देशक गोबिन्द ओली र होसानका सल्लाहकार शिव श्रेष्ठले प्रतिकृया एवं समीक्षा गरेका थिए ।

होमस्टे एसोसियशन नेपालको सम्मेलन तथा कार्याशाला गोष्ठीमा नेपाली संस्कार र संस्कृति झल्कने गरी विभिन्न सामुदायिक होमस्टेहरुमा आबद्ध कलाकारहरुले आप्mनो क्षेत्रमा देखाईदै आएका सांस्कृति प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रमा प्रमूख अतिथि एवं उपप्रधान मन्त्री इश्वरप पोखरले पत्रकार लक्ष्मण बजगाईले पर्यटन विषयमा लेखेको पुस्तक ‘पर्यटन चासो’ विमोचन गरेका थिए । त्यसैगरी होमस्टे एसोशिएसन नेपाल ९होसान०को स्मारिका समेत उक्त समारोहमा प्रमूख अतिथि पोखरेलले विमोचन गरेका थिए भने समारोहमा होमस्टे विकासमा टेवा पु¥याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मावन गरिएको थियो ।

उद्घाटन समारोह संस्थाका सचिव राजकुमार लामिछानेले सञ्चालन गरेका थिए । उक्त उद्घाटन समारोहमा होसानका ७ वटै प्रदेशका प्रतितिधिहरु सहित झण्डै ४ सयको हाराहारीमा सहभागीहरुको उपस्थिति रहेको थियो । सम्मेलनको व्यवस्थापन होसानका कोषाध्यक्ष एवं कार्यालय सचिव सुरजबास्तोलाको अगुवाईमा भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top