६३ प्रकारका अखाद्य वस्तु नस्ट

पोखरा, १८ माघ । पोखरका महानगरपालिका १९ लामाचौरको जगदम्बा स्टोर तथा कम्प्लिट स्टोरबाट जिल्ला अनुगमन समितिले म्याद सकिएका ,लेबल नटासिएको लगाएत विभिन्न ६३ प्रकारका अखाद्य तथा प्रयोग गर्न नमिल्ने वस्तु नस्ट गरेको छ । कास्कीमा पछिल्लो समय गरिएको अनुगमनमध्य्ये जगदम्बा स्टोर्स तथा कम्प्लिट स्टोरमा अखाद्य सामग्री भेटिएको गण्डकी प्रदेश उपभोक्ता मंचका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।कोइराला अनुगमन समितिका सदस्य हुन् ।

१ ग्रामको बेसार ३० पोका ,५ सय ग्रामको बेसार ४० पोका ,५ सय ग्रामको धुलो खुर्सानी १७ पोका,२ सय ग्रामको चिल्ली पाउडर ३७ पोका,सय ग्रामको तिल १० पोका , जिरा २ ग्राम र ५० ग्रामको ३ पोका लगाएत बिभिन्न अनुगमन टोलीले नस्ट गरेको छ । अनुगमन समितिले स्टोर्सलाइ सफाईमा ध्यान दिन ,लेबल नभएका ,म्याद सकिएको वस्तु बिक्रि नगर्न निर्देशन दिएको छ । स्टोर्सका लागि सम्पूर्ण कागजात लिएर हप्ताभित्र जिल्ला प्रशासन कार्यालय कास्कीका उपस्थिति हुन पनि टोलिले निर्देशन दियो । लामाचौरकै बानिया किराना स्टोर्समा गरेको अनुगमनमा बिक्रिमा राखिएको ८ प्रकारका खाद्य वस्तुलाई अनुगमन टोलीले नस्ट गरेको छ ।

म्याद सकिएको वस्तु बिक्रि नगर्न ,सफाइमा ध्यान दिन स्टोर्सका कागजात लिएर हप्तादिन भित्रमा जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मंच पोखरा लेखनाथ महानगरपालिका र घरेलु कार्यलयले गरेको अनुगमन यस्तो भेटिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top