“अन्सन्” गोविन्द के.सी मा समर्पित शार्दूलबिक्रीडित छन्द


स्याङ्जा   १८ माघ ।

राजनीतिको खेलमा खेलाडी त,छन् यहाँ छद्म वेशी
विद्यावारिधि गर्ने भए अन्सन्मा,बुढा गोविन्द के सी
सुन्दैन माग सरकारले तिम्रा,भन्ने जानेर पनि
कसले सिकायो उपचार छोडी,अन्सन् बस लौ भनी ।१।

बुझ्नै छ गाह्रो राजनीति यहाँको ,कस्तो चलन चल्ती
सोह्रौ पटक अन्सन् बसेर हेर,बुढाले गर्यौ गल्ती
बस्छौ तिमी कर्णालीमा अन्सन् कि त,कहिले पूर्व गई
अहिलेसम्मका तिम्रा ती अन्सन्ले,उपलब्धि के त खै।२।

बिकल्प केही होला अन्सन्को यहाँ ,खोजौ त्यसको साटो
बुझ्दिन मैले त पद्धति के हो नि,समाधानको पाटो
गर्छौ सूत्रीय माग अन्सन् त्यो सधैं ,तोडेको तिम्ले दिन
सोह्रौ पटकसम्म अन्सन् तिमीले बस्नु परेको किन ।३।

उपचारमा फर्क ए बुढा हेर,त्यो अन्सन्लाई तोडी
कि त जाउ काशी बास तिमी अब,डाक्टर पेशा छोडी
गरीबको पक्षमा तिमीले अन्सन्,जति गरे तापनि
हुन्नन् माग कहिल्यै पूरा ती तिम्रा,तिमी मरे तापनि ।४।

फेदिखोला २ नाइटे स्याङ्जा
हाल समुन्द्र पारिबाट : खडका महेन्द्र कुमार

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top