आँबुखैरेनी महोत्सव सुरु

दमौली ,१८ माघ । नेपाल आदिवाशी जनजाती महासंघ आँबुखैरेनी गाउँ समन्वय परिसदको आयोजनामा बिहिबारदेखि प्रथम आँबुखैरेनी महोत्सव सुरु भएको छ । ‘अमुल्य भाषा,संस्कार ,संस्कृति सबै जातिका पहिचान ,सम्रक्ष्न गर्ने आदिवाशीको अभियान ‘भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संस्कृतिलाई आयआर्जनसंग जोड्नु पर्नी बताए ।

आदिवासी जनजाति संस्कृतिको धनि रहेको चर्चा गर्दै मन्त्रि चुमानले कला र संस्कृतिलाई आयआर्जनको माध्यम बनाउनुपर्ने बताए । उनले भने ,’महोत्सबमा मनोरञ्जन सहायक पाटो हो । पहिलो पाटो भनेको त संस्कृति सम्रक्ष्न नै हो ‘ गण्डकी प्रदेश संसाद सरिता गुरुङ आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा ,नेपाल आदिवाशी जनजाति महासंघ जिल्ला समन्वय परिसद तनहुका अध्यक्ष बसुन्धरा घर्ति लगायतले महोत्सवको उद्देश्य सफल हुनुपर्नेमा जोड दिए । महोत्सव मूल समारोहमा समितिका संयोजक रेशम भुझेलले आदिबासी जनजाति समुदायको संग्रहालय भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उदेश्यले महोत्सवमा १ सय ४६ स्टल छन् १ लाख दर्शकले अबलोकन गर्ने महोत्सवमा २ करोड भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

महोत्सवमा रास्ट्रीय तथा स्थनिया कलाकारको प्रस्तुति ,स्थानीय आदिवाशी जनजातिको संस्कृतिको नमुना घर ,खानाका परिकार ,भेषभुषा ,धार्मिक एबम पर्येटकीय स्थलको अबलोकन, कौरा प्रतियोगिता ,रमाइलो मेला ,बाल उद्धान ,भलिबल प्रतियोगिता आकर्षणका रुपमा छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top