चौथो हिउँदे नगर सभा फाल्गुन पहिलो साता

दुलेगौडा, १८ माघ । शुक्लागण्डकी नगरपालिकाको चौथो हिउँदे नगर सभा फाल्गुन पहिलो साता हुने भएको छ । नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले फाल्गुन ३ गते नगरसभा गर्ने निर्णय गरेको हो। बैठकले शुक्रबारदेखि २३ गते सम्म ६ ओटै विषयगत समितिको बैठक गर्ने निर्णय गरेको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । बैठकले नगरमा ब्यबसाय संचालन गरेका ब्यबसायीलाइ अनिवार्य दर्ता र नबिकरण गर्न आग्रह गरेको छ बैठकले निर्णय पालना नगर्ने ब्यबसायीलाइ वडाबाट हुने सिफारिसमा रोक लगाउने प्रवक्ता कुमालले बताए । नगरले बनाएका १६ वटा नियमवालीमाथि छलफल गरि मुल कानुनसंग बाझिए संसोधन गर्ने बताएको छ । बैठकले ढुंगा ,गीट्टी ,बालुवा उत्खन कार्यविधि र नगर प्रहरी संचालन कार्यविधि स्वीकृत गरेको प्रवक्ता कुमालले बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top