तनहुँकी कमलालाई प्रवासी नेपालीको सहयोग

तनहुँ । शारीरिक रुपमा अशक्त रहेकी तनहुँकी कमला थापालाई बेल्जियम बस्दै आएका प्रवासी नेपालीहरुको समुहले आर्थिक सहयोग गरेको छ । ऋषिङ गाउँपालिका(१ झ्यापुटारमा रहेको उनकै घरमा पुगेर डिसाबिलिटी इन्टरनेशनल सोलिडारिटी फाउन्डेस नामक संस्थाले रु ४० हजार सहयोग गरेको हो ।

पोखरा-१० रामबजार बस्दै आएकी सरु पुनको पहलमा संस्थाका उपाध्यक्ष कृष्ण तिलिजा पुनले थापालाई नगद सहयोग हस्तान्तरण गरेका हुन ।

बेल्जियममा रहेका नेपालीहरुले स्थापना गरेको उक्त संस्थाले बेल्जियम तथा नेपालमा रहेका अपाङ्गको लागि सहयोग गर्दै आइरहेको छ । हामिले पनि साथिहरुबाट थाहा पायौ,शारीरिक रुपमा अशक्त भएकालाई सहयोग गर्न चाहाने साथीहरुबाट नै यो सम्भव भएको हो हस्तान्तरण कार्यक्रममा बोल्दै फाउन्डेसनका उपाध्यक्ष पुनले भने । मरो चाहाना सङ्गित क्षेत्रमा लाग्नु छ, मलाई पनि अरु जस्तै हिड्ने चाहाना छूआँखाभरी आँसु लिदै थापाले भनिन् । पढ्ने चाहाना भएकी कमला विधालयले भर्ना नलिदा लामो समय पढ्नबाट टाढा रहन बाध्य भएकी थिईन।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top