उत्कृष्ट पृथ्वीनारायण क्याम्पसमा बेथिति

दिपेन्द्र पौडेल । यसै बर्ष उत्कृष्ट क्याम्पसको सम्मान प्राप्त गरेको यस पृथ्वीनारायण क्याम्पस विद्यार्थी सङ्ख्याका दृष्टीले देशकै पहिले ठूलो क्याम्पसका रुपमा परिचित छ । पोखरा महानगरपालिका वडा न. १ भीमकाली पाटनमा अबस्थित यस पृथ्वीनारायण क्याम्पस आफनो लालपुर्जामा आउन बाँकी २५०९ प्रा.डा. दिलबहादुर क्षेत्रीको पृथ्वीनारायण क्याम्पसमा अनुसन्धान एवं प्रकाशन सम्बन्धी गतिविधिहरुको सिंहावलोकन नामक लेखका आधारमा र लालपुर्जामा रहेको ४९८ गरी कुल ७४८ रोपनीमा फैलिएको छ ।

पृथ्वीनारायण क्याम्पसको स्वर्ण जयन्तीको अवसरमा पृथ्वीनारायण क्याम्पस हिजो, आज र भोलि विषयक गोष्ठीमा (२०१६) प्रस्तुत भएको कार्यपत्र र लेखको पृथ्वीनारायण क्याम्पसको सङक्षित्त विवरण अनुसार करिब १८००० कुल विद्यार्थी सङ्ख्या, अध्यापन हुने अनुमानित पाठयक्रमहरु (कोर्षहरु) ५०० भन्दा बढी, विषयगत विभागहरु २८, ५६१ शिक्षक तथा १३१ प्रशासन तर्फ गरी कुल ६९२ कर्मचारीहरु कार्यरत यस क्याम्पसको पुस्तकालय २०३३/०७/१८ गते बाट क्षेत्रीय पुस्तकालयका रुपमा स्थिापित भएको हो । क्षेत्रीय स्तरको पुस्तकालयमा हाल क्याम्पसमा रहेका सम्पूर्ण विद्यार्थीलाई पुग्ने नयाँ पाठयक्रमहरु, कोर्षहरु प्रयाप्त छैनन्, प्रत्येक बर्ष बजेट आउँछ तर पुस्तक थपिदैन ।

क्याम्पसमा रहेका ५६१ शिक्षक मध्ये केही शिक्षकहरु यस्ता पनि छन्र शिक्षण जस्तो पेशालाई व्यापार व्यवसाय बनाइ रहेका छन् । पाठयक्रममा रहेका कोषहरु आलटाल गरी समयमा नसक्ने र अन्तिम समयमा आएर कोचिन्ङ् ,टिउसन सेन्टरमा आउनआग्रह गर्छन् भने कोही समयमा कक्षामा कहिल्यै नआउने ४५ मिनेटको एउटा पिरेडमा १० र १५ मिनेट ढिलो आउने र शिक्षकलाई मनलागे १ घन्टा पनि पढाउने, मन नलागे कक्षाकोठमा प्रबेश गरेको १० र १५ मिनेटमा नै छोडदिने कहिले क्याम्पसमा हाजिर गर्न आउने र विद्यार्थीहरुलाई आज मेरो काम छ पढाइ हुदैन भनेर जाने । एक हप्तामा ३ र ४ दिन भन्दा नपढाउने ।

यो लापरबाही व्यवस्थापनमा रहनु भएका क्याम्पस प्रमुख तथा अन्य व्यवस्थापन समितिका पदाधिकारीलाई थाहा छ कि छैन साथै क्याम्पस प्रमुख,विभाग प्रमुखले शिक्षक शिक्षिकाहरुको कक्षा विषय बाँडफाँड गर्र्दा विद्यार्थीलाई मारमा पर्ने गरी बाँडफाँड गरीएको जस्तो देखियो । शिक्षकाहरुको कमीका कारण देखाँउदै अङ्गेजी माध्यामबाट पढाइ हुने कक्षामा नेपाली माध्यामको शिक्षक वा शिक्षिका राख्दा विद्यार्थीहरुले शिक्षकको कमि कमजोरी विभाग प्रमुखलाई जानकारी गराउदा विभाग प्रमुखले व्यवास्था गर्ने ।

करिब १० र १५ कक्षाकोठाहरुको झयालमा मात्र सिसा छ होला । यो पुस, माघको जाडोमा विद्यार्थीहरु सिसा नभएका कक्षाकोठमा जाडोले काम्दै पढिरहदा यस क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्ष, विभागका शिक्षकाहरुको कार्यकक्षलगायत पुस्तकालयमा भने हिटरको व्यबस्था रहेछ । यो कहाँ सम्मको न्याय हो ? काहीनभाको जात्रा हाडीगाउँमा भने जस्तै बिहानी सत्रका विद्यार्थीहरुलाई मात्र ६ बजेदेखि ७ बजेसम्म मात्र विद्यार्थीको पोशाक चेक गरिन्छ । क्याम्पस पोशाक चेक गर्ने नै हो भने सम्पूर्ण विद्यार्थीहरुलाई अनिवर्य हुनु पर्छ । १ घन्टाको मात्रकस्तो नियम हो ?

यो लेखकको निजि बिचार हो .

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top