मृगौला पिडित ज्ञान कुमारीको कथा “मेरो भन्दा पनि दुई साना छोराहरुको विचल्ली हुन्छ कि भन्ने पिर लाग्छ”

तनहुँ । तनहुँको भिमाद नगरपालिका ५ मालेबगरको एक साँघुरो गल्लीबाट भित्र पसेपछि पुरानो घरको तेस्रो तल्लामा भेटिन्छिन् २८ वर्षीय ज्ञान कुमारी वि . क । भाडाको पुरानो घर अब्यवस्थीत जस्तो लाग्ने बसाई विक छेउछाउ देखिने दृश्य हन् । हामी पूग्दा विहानको पारिलो घाममा खाना खाइवरी औषधी खाएर बसेकी ज्ञानकुमारलाई एक्कासी वान्ता हुन थाल्यो । विरामीले थलिए पछि मलिन र दया लाग्यो अनुहार देखेर हामीले सोधौँ— कस्तो छ दिदि अहिले हजुरलाई, अनि श्रीमान् घरमा हुनुहुन्न ? पहिलो प्रश्नको उत्तर विनै उनले भनिन्— “मेरै उपचारको लागि टोलमा चन्दा उठाउने कुरा भाको छ त्यतै तिर जानुभएको छ ।” श्रीमान विदेश गएपछि लालाबाला पढाउन भनेरै शहर पसेकी ज्ञानकुमारीसँग अहिले छोराछोरीलाई खाजा पु¥याउन जानसक्ने सम्मको सामथ्र्य छैन ।

हामीसँग केही समय कुराकानी गरेको केही क्षणमा नै उनका आँखाबाट आशु झर्न सुरु भए तप्प तप्त …… । “किड्नीमा सानो दाग छ भनेको भएर औषधी खाई रहेकी थिँए, श्रीमान विदेशबाट आउनुभयो गर्भमा बच्चा बस्यो । यो अवस्थामा औषधी खान हुदैन भनेर किड्नी दाग मेटाउने औषधी खान छाडेकी थिए, ६ महिना पछि प्रसव पिडा भएपछि अस्पताल भर्ना भए त्यसपछि पेटको नानि पनि रहेन मेरो किट्नीले पनि काम गर्न छाडेछ” उनले भनिन् । उपचारमै ७-८ लाख खर्च गरिसकेको परिवारसँग अव ज्ञानकुमारीको उपचार गर्न आवश्यक पर्ने रकमको जोहो गर्ने स्थिती छैन । विदेशबाट फर्केर स्थानिय अस्पतालको एम्बुलेन्स चलाउन सुरु गरेका श्रीमान कुमारले श्रीमती विरामी भएपछि काम पनि छाड्न बाध्य भए ।

अहिले साप्ताहिक रुपमा डायलसिस गर्न रकम नभएपछि ज्ञानकुमारीको परिवार चन्दा संकलनको विकल्प खोज्न थालेका छन् । चन्दाबाट संकलित रमकले एक÷दुई पटकको डायलोसिसलाई थेग्न सक्छ त्यसपछिको विकल्पका लागि भने विक परिवार अन्यौलमा छ । जीवन र मरणको दोसाँधमा पुग्ने जो कोहीका लागि सहयोगी बनेर इश्वर प्रकट हुन्छन् भन्ने सुनेकी ज्ञानकुमारीले आफुलाई बाँच्न मन लागेकाले सहयोग जुट्ने आशा राखेकी छन् । “मेरो भन्दा पनि दुई साना छोराहरुको विचल्ली हुन्छ कि भन्ने पिर लाउछ” उनले भनिन् । आर्थिक अवस्था कमजोर भएपछि उनको नियमित चेकजाँच गर्न पनि समस्या भएको ज्ञानकुमारीका श्रीमान कुमार बताउँछन् । “डाक्टरले मृगौला किनेर फेर्न ४० लाख लाग्छ भनेकाछन् मृगौला फेर्न मात्र २२ लाख लाग्छ रे” उनले भने “उमेर पनि त बल्ल २८ वर्षको भएको छ, बचाँउन चाहान्छु । मेरो मृगौला दिन पनि खोजे तर डाक्टरले मिल्दैन भनेपछि निशास भएको छु”

दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारको लागि चरम आर्थिक समस्या भोगिरहेका विक परिवारले सहयोगको लागि अपिल गरेका छन् । ज्ञानकुमारीको सहयोगको लागि एनआईसि एसिया बैकको खाता न ए७८७०१२७७३८५२४ मा सहयोग गर्न सकिन्छ भने उनलाई ९८०४१०५४५६ मा सम्पर्क गरेर पनि भेट्न र सहयोग गर्न सकिन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top