तनहुँमा पुरुषको शव फेला

तनहुँमा एक मानिस मृत अवस्थामा फेला परेकाे छ । ब्यास नगरपालिका-१० कुमालटारी स्थित दमौली भोर्लेटार सडकको छेउमा पुरुषको शव फेला परेकाे छ । उक्त पुरुषकाे हालसम्म नाम थर वतन नखुलेको जानकारी आएको छ ।

उक्त पुरुषकाे उमेर ५५/ ६० बर्षको अनुमान गरीएको छ । प्रहरी खबर पाउन साथ टोली खटिइ घटनाकाे विषयमा थप अनुसन्धान गरीरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top