अन्तर लायन्स हाजिर जवाफ प्रतियोगिता

पोखरा, १३ माघ । लायन्स क्लब डिष्ट्रक्ट ३२५ वि वान नेपाल रिजन ९ जोन १८ र १९ अन्तर्गत रहेका क्लबहरुबीच अन्तर लायन्स हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहेको थियो । प्रतियोगितामा लायन्स क्लब अफ पोखरा लालिगुराँस प्रथम, लायन्स क्लब अफ पोखरा ग्रिन सिटी द्धितीय, र लायन्स क्लब अफ हेमजा तृतीय भएका थिए ।

विजयी क्लबलाई ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि वान नेपालका डिपार्टमेन्ट चिफ तिर्थलाल श्रेष्ठले प्रतियोगिताले क्लबको गतिविधिको वारेमा अझ बढी जानकार हुने अवसर प्रदान गरेको बताएथिए ।

‘प्रतियोगिता संस्थागत गतविधि र संस्थाप्रति अझै बढी जवाफदेहिता वढाउने काम भएको छ’, श्रेष्ठले भने,‘प्रतियोगिताले क्लबहरुबीचको भाइचारा बढाउने काम गरेको छ ।’ रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले प्रतियोगितामा रिजन अन्तरगतका क्लबको सहभागिताले प्रतियोगिता सफल भएको बताए । कार्यक्रममा सिनियर एओजी धनीराम बराल, डिष्ट्रिक एडभाईजर वावुराम अधिकारी, क्विज कन्टेक्स कमिटी चियर पर्सन विष्णु बराल, जोन चियर पर्सन केदार ढकालले बोलेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected]l.com मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top