११ माघ । भारतीय चर्चित अभिनेता गोबिन्दाका भतिजा जन्मेन्द्र आहुजाको ३४ वर्षको उमेरमा निधन भएको छ । भारतीय मिडियाले उनको निधन हृदयघातका कारण भएको बताइरहँदा प्रहरीले भने उनको निधन शंकास्पद तपरिकाले भएको बताएका छन् । मुम्बईको यारी रोड एक्सटेन्शनमा भएको एक अपार्टमेन्टमा उनी मृत फेला परे लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनाका विषयमा अनुसन्धान थालीरहेको छ ।
प्रहरीले भने जन्मेन्द्रको मृत्यु शंकास्पद रहेको भन्दै शवलाई पोष्टमार्टमको लागि पठाएपछि घटनाले मिडियमा पनि भाइरल रुप धारण गरिरहेको छ । पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकि रहेका बेला अनेकखाले टिका टिप्पणीहरु भने सुरु भइसकेका छन् । निर्माता, निर्देशक कीर्ति कुमारले आफ्नै घरमा काम गर्ने महेन्द्र र लालीका छोरा जन्मेन्द्रलाई कानूनी रुपमा धर्मपुत्र बनाएका थिए । घटनाबारे प्रहरीले पत्रकार सम्मेलन नै गरेर आफ्ना कुराहरु बाहिर ल्याउने बताइरहेको छ ।