४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु


नागरिक मैत्री तथा मानव अधिकार विषयक प्रशिक्षण समापन
पोखरा, १० माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमान्डौको तत्वाधानमा यही माघ ०६ गतेदेखि संघिय प्रहरी इकाई कार्यालय पोखरामा सञ्चाल भएको प्रहरप्रज लक्षित नागरिक मैत्री तथा मानव अधिकार विशेष प्रशिक्षण कार्यक्रम प्रारम्भ आज समापन भएको छ । प्रहरी कर्मचारीहरुलाई बढि भन्दा बढि नागरिक मैत्री प्रहरी सेवाप्रति उत्प्रेरित गर्ने तथा त्यसबाट समाजमा पर्ने सकरात्मक प्रभावका विषयमा जानकारी गराउनुका साथै आम नागरिकका विभिन्न हक अधिकारका विषयमा समेत प्रशिक्षण प्रदान गरि आम नागरिकसंग सुमधुर सम्बन्ध कायम गर्दै अपराध रहित समाजको निर्माण गर्ने उक्त प्रशिक्षणको मुख्य उद्देश्य रहेको थियो ।


समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले नागरिकसंगको समन्वयात्मक भूमिका बिना समाजमा एक्लै प्रहरी सफल नहुने बताउँदै प्रहरी सेवा प्रवाहलाई उत्तोरत्तर जनमुखी बनाउदै लैजानुको विकल्प समेत नभएको बताउनु भएको छ ।


४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव निरीक्षक भेषराज रेग्मी र जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव निरीक्षक राजेश मल्ल प्रशिक्षक रहनु भएको उक्त प्रशिक्षणमा प्रहरप्रज गरी जम्मा ३५ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।


स्याङ्जा शव फेला
मिति २०७५/१०/१० गते गल्याङ नगरपालिका-५ स्थित आधीखोलाको मुहानडाँडाको छेउमा कालो ज्याकेट लगाएको पुरुष व्यक्तिको शव घोप्टो परी पानीमा तैरिएको अवस्थामा रहेको भनि स्थानीय मार्फत जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की लडी घाइते
मिति २०७५/१०/१० गते पोखरा महानगरपालिका-१८ सराङकोटबाट ब्लू स्काई स्लो पाइलट क्यानडाको नागरिक वर्ष ४९ को KORI WINTER उड्ने क्रममा चिप्लिन गई घाईते भई उपचारको लागि मेट्रोसिटि अस्पताल लगिएको, घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको छ ।

मिति : २०७५/१०/१० गते । प्रहरी नायव उपरीक्षक
(गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top