आज गणतन्त्र दिवस : गणतन्त्र स्थापनाको एक दशक

आज दशौ गणतन्त्र दिवस, पोखरा लगायत देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते यो दिवस मनाउने गरिन्छ ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्रलाई परास्त गर्दै नेपालमा गणतन्त्र स्थापना गरिएको हो । नेपालमा लामो समयसम्म शासन गरेको राजतन्त्रलाई परास्त गरि शान्तिपूर्ण रुपमा गणतन्त्र स्थापना हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ ।
गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ ।

विसं २०७४ माघ ७ गतेसम्म सङ्घ र प्रदेश संसद्को निर्वाचन पनि गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि गणतन्त्र संस्थागत भई संविधानसभाले बनाएको संविधान कार्यान्वयन हुनेछ । संविधानसभामार्फत संविधान बनाउने नेपाली जनताको सातदशक लामो चाहनाले संविधान कार्यान्वयनसँगै पूर्णता पाउनेछ ।

तर, नेपालमा गणतन्त्र स्थापना भएको एक दशक पुरा भैसक्दा पनि तत्कालिन समयको आन्दोलनका क्रममा घाईते भएका, शहिद बनेका र सदस्य वेपत्ता बनेका पिडित परिवारको समस्या समाधानमा कुनै पनि पक्ष जिम्वेवार नबनेको अधिकारकर्मीहरुले गुनासो गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top