याे देशमा म बाँचिरहेछु : सुमन अधिकारी

घुमाउरा  कुराले सबैकाे हालत खराब छ।सिधा कुरा गर्न न म कुनै मन्त्रि परे न त पेशागत पत्रकारनै।तर पनि लेख्न मन लाग्याे र म ज्युनुकाे अर्थ खाेज्दैछु यहि देशमा।

क्रान्ति भने शान्ति ल्याए।अठार हजार बढि बलि भए।त्रिदेशिय बार्ताले बिदेशिय नेता बने।राजतन्त्र हटाउन भएकाे ठाेकतन्त्र पछि बल्ल लाेकतन्त्र अायाे भन्ने कटुवाल टुडिखेलमा भए पछि बल्ल राजालेे चाल पाए र यता नेताले माल पाए।श्रि पाँच हट्नु संगै राचि नाच संसदमा शुरु भयाे।कस्ले पाउनि कुर्चि र कस्ले लाउने कुचि ? टाउकाे दुखाईकाे बिषय बन्याे। राजाले बनाएकाे ,ठुसठुस्ति गनाएकाे संविधान चाहिएन!नयाँ संविधान गुगलमा पाईएन। पहिलाे ४ बर्ष बाेलेर बिताए पछिल्लाेे ४ कर्णाली वाद खाेलेर।नभए देशमा नयाँ नामकाे,रुकुम राेल्पा गामकाे संविधान अाईसक्ने थ्याे।अह! त्यतिकैमा हल्लियाे जमिन,पाल मन्त्रि बने जनतालाई ऋणै ऋण।बिदेशिका डलर,फेरे नेताले कलर!जनता नाङ्गाे अाकाशमा बालै फरर!!!

जनतन,दिक्दारि झनझन! संघियता सहित,जनजनकाे हित भन्दै रेखा संग देखा वाला गित गाउन थाले।जुगे वाला बाले।अनि,निस्कियाे नयाँ बेहुलाे देशका लागि।कतै नभाकाेे रुख,सधै सास्ति सधैका दु:ख । तै तै संविधान जारि भाे,,मधेसकाे गाेठालालाइ भारि भाे। नयाँ संविधान पछि नयाँ अरे भाेट, मर्याे बाेट।अायाे हसिया र हथाैडा संगै सुर्य।न चिसाे न गरम,नलाग्ने सरम । भारत हैन , मन कत्ति छैन।तर पनि अाउछ रेल,रछन् भन्ने वाला ८ कक्षामा फेल।पानिजहाजका सपना देख्न र राताे कागजमा लेेेेेख्न कहिल्यै छाडेनन्। सुरक्षा निकाय माैन छ।कयन निर्मला र उनका घाटिमा माला झुण्डिसके।तर पनि प्र.म हसाई रहेछन्। पप्पु समातिए लप्पु खुवाए छुटे।चाैधरि समातिए,सपथ खाए। वाईड बडि ले क्वाप छन्,प्रधान मन्त्रि पनि झ्याप छन्।र भन्छन्,छानविन समिति कुरालेे हुन्न।दाेषि ठहराउदा अधिकारी मन्त्रि रुन्न? यसैले भन्दैछुु,म पनि खराे बन्दैछु। म बाचेकाे यहि हेर्न रहेछ,, नेताले काचुलि फेर्न रहेछ।

©सुमन अधिकारी
[email protected]
Twitter-sumanadhikari42

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top