प्रदेश सरकारले आफ्नै बैक खोल्ने मुख्यमन्त्री गुरुङको चेतावनी - SamacharpatiSamacharpati        

प्रदेश सरकारले आफ्नै बैक खोल्ने मुख्यमन्त्री गुरुङको चेतावनी

पोखरा, ४ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रबैक र बाणिज्य बैकहरुले प्रदेश सरकारलाई असहयोग गरे प्रदेश सरकारले आफ्नै बैक खोल्ने चेतावनी दिनुभयो ।

नेपाल राष्ट्रबैक पोखराले शुक्रबार पोखरामा आयोजना गरेको समसामयिक आर्थिक तथा बैकिङ गतिविधिका बारेमा सरोकारवाल सगँको छलफलमा गुरुङले यस्तो बताउनु भएको हो
। उँहाले बैकहरु केन्दिय सरकारको मात्रै हो भन्ने सोच नराख्न आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रबैक र बाणिज्य बैक केन्द्रि सरकारको मात्रै नभएर सात सय ६१ सरकार कै भएको बताउदै प्रदेश सरकारलाई सहयोग नगरेर आफ्नै बैंक स्थापना गर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले लगानीको वातावरण बनाउने काम गर्ने बताउदै बैंक तथा वित्तिय क्षेत्रले त्यसमा लागनी गर्नु पर्ने बताउनु भयो ।

सरकारमा बैङकका लागि चाहिने भौतिक पुर्वाधाराको बिकासका निमार्णका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनु भयो । उहाँले प्रदेशको सम्भावना पर्यटन, उर्जा, सिमेट उद्योग जलविद्युत र कृषी रहेको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित