मध्यनेपाल नगरपालिकामा आधुनिक रंगशाला निर्माण

लमजुङ, ४ माघ । लमजुङको मध्यनेपाल नगरपालिका–७, रामबजारमा आुधनिक रंगशाला निर्माण हुने भएको छ । रंगशाला निर्माणको सोमबार मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेले शिलान्यास गरेका छन् ।

उनका अनुसार मंगलबारबाटै रंगशाला निर्माणको काम सुरु भएको छ । खेलकुद क्षेत्रको विकासका लागि नगरमा आधुनिक रंगशाला निर्माण गर्न लागिएको प्रमुख पाण्डेले बताएका । उनले भने आधुनिक खेल मैदान नहुँदा नगरस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न समस्या थियो खेतका गह्रामा खेल खेल्नुपथ्र्यो ‘आधुनिक रंगशाला निर्माण भएसँगै यो समस्या हल हुने विश्वास छ,’ ।

उनका अनुसार नगरपालिकामा प्याराफिटसहित ‘इलाभेन ए साइडको आधुनिक रंगशाला निर्माण गर्न लागीएको हो । रंगशाला निर्माणमा झण्डै ८० लाख रुपैयाँ खर्च हुनसक्ने अनुमान गरिएको उनले बताए । आगामी चैतसम्म रंगशाला निर्माण कार्य सक्ने लक्ष्य लिइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top