काँग्रेस अग्रज नेता रेग्मीको निधन

पोखरा, ३ माघ । कास्कीका अग्रज काँग्रेस नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको ७३ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

पोखरा विन्ध्यवासिनी घर भएका रेग्मीको राजधानी सामाखुशीस्थित बहिनीको घरमा अपरान्ह चार बजे निधन भएको हो । रेग्मी विगत १५ वर्षदेखि दम रोगबाट प्रभावित छन् । उनका दुई श्रीमती र पाँच जना दिदीबहिनी छन् । उनको शुक्रबार राजधानी आर्यघाटमा अन्त्येष्ठी गरिने कास्की काँग्रेसका नेता शुक्रराज शर्माले जानकारी दिए ।

यसैबीच, कास्की काँग्रेसका सभापति कृष्ण केसीले बिहीबार नै शोक विज्ञप्ति प्रकाशित गरी रेग्मीको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top