सरकारी कार्यालय नै लागुऔषध प्रयोगकर्ताको अखडा, प्रहरी कार्यालय नजिकै यस्तो ! के गर्दै छ प्रशासन !

बागलुङ, २ माघ । बागलुङको एक सरकारी कार्यालय लागु औषध प्रयोगकर्ताको अखडा बनेको छ । बाग्लुङको स्थानिय शान्ति समितिको भवन भित्र लागुऔषध प्रयोगकर्ताले आफ्नो अखडा बनाएका हुन् । अझै रोचक कुरा त के छ भने यो भवन जिल्ला प्रहरी कार्यालयको मात्रै २ सय मिटरको दुरीमा रहेको छ । स्थानीय शान्ति समिति भंग भए पछि अलपत्र अवस्थामा रहेको स्थानीय शान्ति समिति बागलुङको भवन लागु औषध प्रयोगकर्ताको अखडाको रुपमा विकास भएको हो ।

भवनको उचित व्यवस्थापन र रेखदेखको अभावमा शान्ति समितिको भवन लागु औषध प्रयोग गर्ने युवाहरुको लागि सुरक्षित स्थानको रुपमा विकास हुँदै गएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङदेखि करिव दुई समय मिटरको दुरीमा रहेको उक्त भवनमा बिहान र साँझको समयमा युवाहरुको बाक्लो उपस्थिती रहने स्थानीयले बताएका छन् । हेर्नुहोस यो भिडियो रिपोर्ट

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top