फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

हेमजा, १ माघ । अन्नपूर्ण गाउँपालिका ३ स्थित पाउँदुरकोट युवा क्लवको आयोजनामा भएको छैठौं खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक समूहले हात पारेको छ ।

मंगलवार(आज) उपाधिका लागि प्रगति फुटबल क्लव भदौरेसँग भएको खेलको पहिलो हाफमा आयोजकका संजय बुढाथोकीले गरेको १ गोल नै उपाधि जित्नका लागि निर्णयक बनेको हो ।बिजेता भएसँगै क्लवले रु.७५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेतामा चित्त बुझाएको प्रगतिले रु.४५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

प्रतियोगिता अन्र्तगत अन्नपूर्ण गाउँपालिकाको उत्कृष्ठ खेलाडीमा धारापानी क्लवका मिलन पौडेल, उत्कृष्ठ गोलकिप्परमा पाउँदुरकोटका अनिष शाही, बेस्ट डिफेन्स्मा भदौरे क्लवका रोहित गुरुङ, सर्वाधिक गोलकर्तामा प्रगति क्लवका मिलन गुरुङ र सर्वोत्कृष्ठ खेलाडीमा प्रगति क्लवकै अमृत मगर घोषित भएका छन । समापन समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने औँल्याएकी थिइन ।उनले प्रतियोगिताको निरन्तरताको कामना पनि गरिन । खेल संयोजक तथा क्लवका कोषाध्यक्ष नविन गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्लवका अध्यक्ष ईश्वर शर्माले स्वागत तथा संचालन क्लवका उपाध्यक्ष अनिल विकले गरेका थिए ।

अन्नपूर्ण गाउँपालिका ३ स्थित पाउँदुरकोट युवा क्लवको आयोजनामा भएको छैठौं खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक समूहले हात पारेको छ । मंगलवार(आज) उपाधिका लागि प्रगति फुटबल क्लव भदौरेसँग भएको खेलको पहिलो हाफमा आयोजकका संजय बुढाथोकीले गरेको १ गोल नै उपाधि जित्नका लागि निर्णयक बनेको हो ।बिजेता भएसँगै क्लवले रु.७५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेतामा चित्त बुझाएको प्रगतिले रु.४५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

प्रतियोगिता अन्र्तगत अन्नपूर्ण गाउँपालिकाको उत्कृष्ठ खेलाडीमा धारापानी क्लवका मिलन पौडेल, उत्कृष्ठ गोलकिप्परमा पाउँदुरकोटका अनिष शाही, बेस्ट डिफेन्स्मा भदौरे क्लवका रोहित गुरुङ, सर्वाधिक गोलकर्तामा प्रगति क्लवका मिलन गुरुङ र सर्वोत्कृष्ठ खेलाडीमा प्रगति क्लवकै अमृत मगर घोषित भएका छन । समापन समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने औँल्याएकी थिइन ।उनले प्रतियोगिताको निरन्तरताको कामना पनि गरिन ।

खेल संयोजक तथा क्लवका कोषाध्यक्ष नविन गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्लवका अध्यक्ष ईश्वर शर्माले स्वागत तथा संचालन क्लवका उपाध्यक्ष अनिल विकले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top