सहिमा श्रेष्ठ र राजेश बर्देवाको सामाजिक सञ्जालबाट माया साटासाट

काठमाडौं, ३० पौष । समय बदलिएसँगै धेरै कुरामा परिवर्तन आएको छ । कुनै बेला घाँस दाउरा र गोठालो जाँदा लगाउने माया अब सामाजिक सञ्जालबाट साटा हुन थालेको छ । सामाजिक सञ्जालबाटै माया प्रेम बस्ने, त्यहीँ नै झगडादेखि ब्रेकअपसम्म हुने गरेका छन् । यिनै विषयमा तयार पारिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पहिला पहिला बोलको उक्त गीतमा सहिमा श्रेष्ठ र राजेश बर्देवाको स्वर रहेको छ ।

शर्मिला तामाङको शब्द तथा मनोज मगरले संगीत भरेको उक्त गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ । विक्रम चौहानले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अञ्जली अधिकारी र अनुराग ठकुरीको अभिनय रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top