४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, ३० पौष


लमजुङ लडी मृत्यु
मिति २०७५/०९/२९ गते अन्दाजी १९:०० बजेको समयमा मर्स्याङदी गाँउपालिका-७ उस्ताबेसीमा सोही स्थान बस्ने वर्ष अंन्दाजी ६०र६५को राम बहादुर तामाङ वेशिसहरबाट घरतर्फ आउने क्रममा घर देखि अन्दाजी १५/२० मिटर तल रहेको भिरबाट लडी मृत्यु भएको भन्ने खबर आज मिति २०७५/०९/३० गते ०८:०० बजे प्राप्त हुनासाथ प्रहरी टोली खटिइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

कास्की रुखबाट लडी मृत्यू
मिति २०७५/०९/३० गते अन्नपुर्ण गाँउपालिका-५ गिरीचोकमा बस्ने वर्ष ४४को देवेन्द्र गिरी लप्सी टिप्न जाँदा अचानक रुखबाट खस्न जाँदा घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका छन् । उक्त स्थानमा प्रहरी टोली खटिइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

बागलुङ स् शव फेला परेको
मिति २०७५/०९/३० गते तमानखोला गाँउपालिका(३ तमान बस्ने वर्ष ३१को सरोज बुढाथोकी आफ्नै घर देखी अन्दाजी १५र२० मिटर पर रहेको भिरबाटोको ओढारमुनि मृत अवस्थामा फेला परेको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिइ घटनाका विषयमा तप अनुसन्धान भइरहेको छ ।

मिति : २०७५/०९/३० गते । प्रहरी नायव उपरीक्षक
( गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top