काली प्रसाद बास्कोटाको आवाजमा इन्स्टाको फोटो सार्वजनिक

काठमाडौं, ३० पौष । काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत इन्स्टाको फोटोु सार्वजनिक गरिएको छ । जी द्दज्ञ डिजिटलुको अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरेलाई पनि देख्न सकिन्छ । हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भियफ यक्सको काम गरेका छन् । भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।

नेपाली गीत सङ्गीतको बजार पनि फराकिलो भइरहेको र जी द्दज्ञ डिजिटल मार्फत स्तरीय सङ्गीतलाई प्रोत्साहन गर्ने हेतुले आफूहरू म्युजिक भिडियोतर्फ पनि केन्द्रित भएको निर्देशक असिम शाहले बताए । यस अघि जी द्दज्ञ डिजिटल मार्फत सार्वजनिक गीत नाच फिरिरिु ले पनि विभिन्न रेकर्ड राख्न सफल भइसकेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top