पोखरा म्याराथनलाई प्रदेश मुख्यमन्त्रीबाट प्रमुख संरक्षकत्व प्रदान

पोखरा, २९ पुस । पोखरामा आगामी फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा हुने “१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५” लाई गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले प्रमुख संरक्षकत्व प्रदान गरेका छन ।

प्रमुख संरक्षकत्व प्रदान गरेको पत्रमा गण्डकी प्रदेशको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्यताका साथ सफल बनाउन पनि मुख्यमन्त्रि गुरुङले आह्वान गरेका छन ।

संरक्षकत्व प्रदान गरिएको पत्रमा गण्डकी प्रदेशकको राजधानी पोखरामा फागुन ७ गते आयोजना हुने पोखरा अन्तर्राष्टिय« म्याराथनमा गण्डकी प्रदेशका सबै खेलप्रेमीहरुलाई सहभागी हुन र सफलतापूर्वक सम्पन्न गर्न उनले आह्वान गरेका छन ।

स्मरिणय के छ भने गत वर्ष आयोजना भएको १२ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समेत मुख्यमन्त्रि गुरुङ ‘रन फर फन’ मा सहभागी भएर पोखरा म्याराथन प्रती एकेवद्धता जनाएका थिए । खेलकुदमा एकैदमै रुची राख्ने मुख्यमन्त्रि गुरुङ पोखरा लगाएत प्रदेशका कुनै पनि जिल्लामा आयोजना हुने खेलकुद कार्यक्रमहरुमा सहभागिता जनाएर एकेवद्धता प्रकट गर्छन ।
फाईल फोटोः सुदर्शन रंजित

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top