प्राादेशिक योजनामा लैङ्गिकमूल प्रवाहिकरण विषयक कार्यशाला सम्पन्न


कास्की, २७ पौष ।    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक , साथि नेपाल र फाउण्डेसन फर अ जस्ट सोसाइटिको संयुक्त आयोजनामा दुई दिने सिड प्रतिबद्धताको स्थानियकरणः प्रादेशिक योजनामा लैङ्गिक मूल प्रवाहिकरण विषयक कार्यशाला पोखरामा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको कार्यशालामा महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड) को ७१ औँ शेसनमा नेपाल सरकारलाई दिएको निश्कर्षात्मक टिप्पणीलाई स्थानीय तह र प्रदेश तहमा कसरी अगाडि बढाउने र कार्यन्वय गर्ने भन्ने विषयमा छलफल गरिएको इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले जानकारी दिए ।


कार्यशालको समापनमा बोल्दै गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले योजनाबद्ध भएर काम गर्न नसक्दा परिर्वतनको अनुभव गर्न नसकेको बताइन् । कार्यशालाले पञ्चवर्षिय योजनामा महिलाका विषयलाई कसरी योजनमा समेट्न सकिन्छ भन्ने बारेमा राम्रो ज्ञान दिएको शर्माको भनाई थियो । ‘अब बन्ने नितिनिर्माणमा महिलालाई कुन स्थानमा राख्ने,संविधानमा रहेको कानुनहरुलाई व्यबहारिक रुपमा लागू गर्ने र महिलाहरुका क्षेत्रमा छुट्याइएका बजेटहरु प्रभावकारी रुपमालागु भएनभएको अनुगमन गर्ने गरि प्रदेशको योजना बनाउन सकेमामात्रै परिर्वतनको अनुभवगर्न सक्नेछौं’उनले भनिन् ।


उनले पञ्चवर्षिय योजना निर्माणको सन्र्दभमा महिलाहरुलाई मूलप्रवाहमा ल्याउने योजना निर्माणका लागी आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राष्ट्रिय सूचना आयोग सदस्य यशोदा देवी तिम्सिनाले गोष्ठिहरुमा उठेका मुद्धा र विषयलाई निरन्तरता दिनका लागी सबैलाई सक्रिय बन्न आग्रह गरिन् । ‘मुद्धाका बारेमा छलफल गरेर मात्रै होइन यसलाई कार्यन्वयन गर्नका लागी आ–आफ्नो स्थानबाट प्रभावकारी भूमिका निभाउन सके मात्रै नतिजा निस्कन्छ’ उनले भनिन् ।
सिड काउन्सिल सदस्य बन्दना राणाले गोष्ठिमा छलफल भए अनुरुप पञ्चवर्षिय योजनामा लैगिंक मूल प्रवाहिकरणका विषयमा प्रभावकारी भूमिका निभाउन सके गण्डकी प्रदेश विश्वमै नमुनाको रुपमा चिनाउन सफल हुने विश्वास व्यक्त गरिन् ।


यसअघि कार्यशालको उद्धघाटन गर्दै उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपालको संविधानले दिइएको अधिकारलाई प्रदेश कानुनमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । जनतामा कर्तव्य बोध गर्दै संविधानको व्यवहारिक पालना गर्न सके परिर्वतनको महसुस गर्न सकिने धारणा राखे । ‘संविधानले दिएको अधिकार ठूलो आन्दोलबाट प्राप्त भएको हो । अधिकार त्यसै पाएको भन्ने नसोचौँ । कानुन सम्मत ढङ्गले प्राप्त अधिकारलाई प्रयोग गरौँ । जति प्रयोग गर्न सकियो त्यति नै देशले समृद्धि हासिल गर्न सक्छ ।’,उनले भने । गोष्ठिमा गण्डकी प्रदेश मातहतका मन्त्रालय तथा सरकारी निकायका अधिकारीहरुको उपस्थिती रहेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top