हेमजामा स्वस्थ्य जनचेतना मुलक कार्यक्रम

हेमजा, २७ पौष । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा स्वस्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै चरक एकेडेमीका पृन्सीपल सृजना पहारीले रोग लाग्न भन्दा रोग लाग्न नदिनु राम्रो हुने उल्लेख गरिन । उनले भनिन्न धुम पान गर्ने मान्छेलाइ मात्र होइन यसले परिवारका अन्य सदस्यलाई पनि असर गर्छ । कार्यक्रममा हेमजा स्वस्थ्य स्वयम सेबीकाकी अध्यक्ष शान्ति के.सी र हेमजा स्वस्थ्य चौकी सञ्चालक समितिका उपाध्यक्ष धर्मराज बाँस्तोलाले आफनो भनाइ राखेका थिए ।

यहि पुष १ गतेदेखि हेमजामा आइ यहाका मानिसमा गरिएको सर्बेछणको अधारमा यो कार्यक्रम सञ्चालन गरिएको हो । चरक एकेडेमीमा बि.एन दोस्रो बर्षमा अध्यन्रत ३९ जना बिद्यर्थीले कार्यक्रम सञ्चालन गरेका हुन । उक्त अबसरमा उच्च रक्तचाप र चिनिरोग लागेमा के गर्ने र कसरि बच्न सकिन्छ भन्ने उदेस्यका साथ निर्माण गरिएको नाटक मञ्चन गरिएको थियो । त्यस्को साथै सास्कृतिक कायक्रम गरियो ।

हेमजा स्वस्थ्य चौकी प्रमुख हेलनि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत साजना सापकोटा , कार्यक्रमको उदेस्य अमृता के.सीले र सञ्चालन बिद्यर्थी शोभा रानाभाट र सोइता बि.कले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top