दूधमा मह मिसाएर पिउदा यति धेरै फाइदा

काठमाडौँ, २७ पौष । दूध पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ, यो सबैलाई जानकारी भएकै कुरा हो । तर यदि तपाईले दूधमा मह मिलाउनुहुन्छ भने यसबाट कयौँ गुणा बढी फाइदा प्राप्त हुन्छ । यति मात्र नभई स्वास्थ्य समस्याहरूबाट पनि जोगाई राख्न मद्दत गर्छ । जान्नुहोस्, दूधमा मह मिलाएर पिउनुको ५ फाइदा यस्ता छन् ।

दिनहुँ दूधको साथ मह मिलाएर पिउनु शारीरिक र मानसिक स्वास्थ्यको लागि लाभकारी हुन्छ । यी दुवै प्रकारको क्षमतालाई बढाउन सहायक हुन्छ । यदि निन्द्रा नलाग्ने या कम निन्द्राको समस्या छ भने राती सुत्ने अघि तातो दूधमा महको सेवन गर्नुहोस् । यसबाट निन्द्रा पनि राम्रो लाग्छ र आराम महसूस हुन्छ ।

पाचन क्रियालाई दुरुस्त राख्नका लागि दूधमा मह मिलाएर पिउनु एक राम्रो उपाय हो । यसबाट कब्जियतको समस्या पनि समाधान हुन्छ । दूधमा प्रोटीन र क्याल्शियमको साथै विभिन्न आवश्यक पोषक तत्व पाईन्छ र महले प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छ । दुवैको मिश्रण एक उपयोगी स्वास्थ्य विकल्प सावित हुन्छ ।

तनाव कम गर्नको लागि यो अत्यन्त प्रभावकारी उपाय हुनेगर्छ । यसको साथै हल्का मनतातो दूधमा मह मिलाएर पिउँदा प्रजनन क्षमता र शुक्राणुको संख्यामा वृद्धि हुन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top