४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २७ पौष ।

तनहुँ सवारी दुर्घटनामा १ जनाको मृत्यु
मिति २०७५/०९/२७ बन्दिपुर गाउँपालिका -४ स्थित पिप्ले स्थित डुम्रे बन्दिपुर भित्रि सडक खण्डमा पिक्निक जान लागेको वर्ष ३१ को बलक थापाले चलाएको ग १ ख.४६५८ नं. को बसले ब्याक गर्ने क्रममा सोहि स्थान बस्ने वर्ष १५ को बिश्वाश थापालाई ठक्कर दिँदा घाईते भई उपचारको लागि बन्दीपुर अस्पताल लगेकोमा डाक्टरले मृतक घोषणा गरेका छन् । घटन स्थलामा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

तनहुँ सवारी दुर्घटनामा १ जना घाईते
मिति २०७५/०९/२७ ब्यास नगरपालिका-१२ छिर्कने स्थित पृथ्वीराजमार्गमा दमौलीबाट डुम्रे तर्फ आउँदै गरेको बा १ झ ८८४१ नं. को गाडीलाई बिपरित दिशाबाट जाँदै गरेको ना ४ च ३०५५ नं. को जिपले ठक्कर दिँदा बा १ झ ८८४१ नं. को गाडीमा सवार जिल्ला सप्तरी राजबिराज नगरपालिका( ६ बस्ने वर्ष ४७ की सुनिता यादब घाईते भई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रेमा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।


नवलपरासी(पूर्व) सवारी दुर्घटनामा २ जना घाईते
मिति २०७५/०९/२७ गते गैडाकोट नगरपालिका-४ स्थीत टायम्स फर्मा नजिक पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ४३ प ७९६३ नं. को स्कुटरले पैदललाई ठक्कर दिँदा यात्री जिल्ला नवलपरासी गैडाकोट नगरपालिका- ४ बस्ने वर्ष २७ कि हरीमाया सिंजाली र वर्ष १२ कि सुना थापा घाईते भई उपचारको लागि चितवन स्थित नयाँ मेडिकल कलेज लगिएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

बागलुङ घरको छतबाट खसेर घाइते
मिति २०७५/०९/२७ गते बागलुङ नगरपालिका-४ उपल्लाचौर स्थित जिल्ला सर्लाही घर भई हाल बागलुङ नगरपालिका-४ उपल्लाचौर कृष्ण खड्काको घरमा डेरा गरी बस्ने मिरा पुलामि मगरको छोरा वर्ष ५ को कुशल पुलामी मगर घरको बारताली९कच्चि घरको माथिल्लो तला०मा खेल्ने क्रम्मा अचानक भुईमा खस्न जाँदा घाइते भई उपचारको लागी गण्डकी अस्पताल पोखरा पठाईएको छ । घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

मिति : २०७५/०९/२७गते । प्रहरी नायव उपरीक्षक
(गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top