प्रदेश स्तरीय आपतकालिन उद्धार सयन्त्र गठन


पोखरा, २७ पौष ।   गण्डकी प्रदेशस्थित सामाजिक बिकास मन्त्रालयको मातहतमा रहने गरी १५ सदस्यीय प्रदेश स्तरीय आपतकालिन उद्धार सयन्त्र गठन गरिएको छ । सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश सामाजिक महाशाखाका प्रमुख तुलसा अर्यालको संयोजकत्वमा गठित उक्त संयन्त्रको सदस्य सचिवमा केन्द्रिय बालकल्याण समितिका सदस्यएवं तत् अन्र्तगत गण्डकी प्रदेशका फोकल पर्शन, एवं थ्रि एञ्जल्स नेपालका संस्थापकअध्यक्षर सिईओ डा. राजेन्द्र गौतम रहनुभएको छ । संयन्त्रको सदस्यहरुमा गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायक उपरिक्षक गोबिन्द पुरी, बालगृहहरुको महासंघ नेपालका महासचिव बिजय कुमार प्रधान, गैसस महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष बिना सिलवाल रहनुभएको छ ।


त्यस्तै पोखरा महानगरपालीका सामाजिक महाशाखा मुख निर्मला शर्मा, पश्चिमाञ्चल क्षेत्रियअस्पतालओसीएम सि प्रमूख डाक्टर, ईन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, सामाजिक बिकास मन्त्रालय बालअधिकार श्रोत व्यक्ति मिठु आचार्य पनि सदस्यमा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा नेपालहाउस कास्कीका कार्यकारी निर्देशक बसन्त सुवेदी, शक्ति समुह पोखरा प्रमुखअनिशालामा, पोखरा उच्चअदालतबार एसोसिएसन पोखरा र पोखरा उद्योग बाणिज्य संघ पनि सदस्यको रुपमा रहेका छन् । गण्डकीप्रदेश अन्र्तगतका ११ ओटै जिल्लामाआईपर्ने आपतकालिन अवस्थामा सक्रियतापूर्वक काम गर्ने उद्धेस्य सहितउक्त संयन्त्रगठन गरिएको मन्त्रालयलले जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top