पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ नयाँ डाइलासिस मेसिन

पोखरा, २७ पुस । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृर्गौला रोगीलाई सहज उपचार दिन ६ वटा हेमोयाइलासिस मेसिन थप गरेको छ । ९ वटा मेसिनबाट उपचार गर्दै आएको प्रतिष्ठानले बिहीबार ६ वटा मेसिन थप गरी सेवा दिन सुरु गरेको छ ।

एउटा मेसिनबाट १ दिनमा ३ जनालाई सेवा दिन सकिन्छ । नयाँ मेसिन थप हुँदा कठिन अवस्थाका थप बिरामीलाई सेवा दिन सकिने प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले बताए ।

अस्पतालमा अब दिनमा ४५ जना र हप्तामा ३ सय १५ जनाले डाइलासिस सेवा पाउने छन् । बिपन्न बिरामीलाई सरकारले डाइलासिस सेवा निशुल्क गरेको छ ।

मृगौला रोगीको बढ्दो संख्या र मेसिन पर्याप्त नहुने बिरामीले डायलासिस पाउन कठिन हुने गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top