प्रिन्स र रशिला उपाधी निकट

पोखरा, २७ पौष । यु–१५ का शिर्ष बरियताका प्रिन्स दाहाल र रशिला महर्जन राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा उपाधी निकट पुगेका छन् । प्रिन्सले यु–१९ एकलमा शिर्ष २ का रुकेश महर्जनलाई २१ / १३, २१ / १७ ले तथा यु–१५ मा हिमाल चन्द माथि २१ / ६, २१ / २ को जित निकाल्दै दुवै विधाको उपाधी निकट पुगेका हुन् ।

यस्तै रशिला यु–१९ एकल र युगल तथा यु–१५ गरि तीन विधामा उपाधी निकट पुगेकी छिन् । रशिलाले यु–१९ मा रञ्जना भट्टलाई २१ / ९, २१ / १२ ले पाखा लगाउँदै फाईनलमा यु–१९ की शिर्ष बरियताकी जेशिका गुरुङ्ग संगको भेट पक्का गरेकी हुन् । जेशिकाले सिमा राजबंशीलाई २१ / १२, २१ / ६ ले पराजित गरेकी हुन् । यु–१५ तर्फ पनि रशिला रोज पाण्डेमाथि २१ / ७, २१ / ५ ले जित निकाल्दै फाईनल प्रवेश गरिन् । यस्तै यु–१९ तर्फ पनि रशिला फाईनल प्रवेश गरिन् । जेशिका गुरुङ्ग संगको जोडी बनाएकी रशिलाले सेमिफाईनलमा बिश्ना बिष्ट र स्मृती राईको जोडी बाट वाक ओभर प्राप्त गर्दै उपाधी नजिक पुगेकी हुन् ।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१९ ब्वाईज एकल तर्फ शिर्ष बरियताका प्रफुल महर्जन पविन लिनथेपलाई २१ / ११, २१ / ११ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गर्न सफल भएका छन् । अब उनले उपाधीका लागि प्रिन्स दाहालको सामना गर्ने छन् । प्रिन्स दोहा ईन्टरनेशनल जुनियर ब्याडमिन्टनका उपाधी बिजेता हुन् ।

सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु–१५ गल्र्स तर्फको खेलमा बिश्ना बिष्ट घुँडामा चोटका कारण खेल खेल्न नसकी रिटायर्ड भएका कारण स्मृती राईले फाईनल यात्र शुखद बनाईन् । ५ / ३ को अग्रता लिईरहेको अवस्थामा बिश्नालाई घुँडाके चोट बल्झेको थियो । अव स्मृतीले रशिलासंग उपाधीका लागि भिड्ने छिन् । ब्वाईजको सोहि विधा तर्फ म्यानमारका ज लिन थु नेपालका रोशन साउदलाई २१ / ४ र २१ / १५ ले पाखा लगाउँदै उपाधीका लागि प्रिन्स संगको भेट पक्का गरे ।

यु–१९ गल्र्स युगल तर्फको खेलमा सिमा राजबंशी र निता लम्सालको जोडी फाईनल प्रवेश गरे । अव उनीहरुले जेशिका र रशिलाको जोडी संग फाईनलमा प्रतिस्पर्धा गर्ने छन् । सिमा र निताको जोडीले रञ्जना भट्ट र रोज पाण्डेको जोडीलाई २१ / १३, २१ / १३ को समान अन्तरले पन्छाएका हुन् ।

ब्वाईज तर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडी फाईनल प्रवेश गरे । महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीलाई २१ / १०, २१ / ११ ले पराजित गर्दै फाईनलमा म्यानमारका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्ने भएका छन् । अर्को खेलमा म्यानमारका खेलाडीहरु ज लिन थु र थु रिनको जोडीले नेपालका पविन लिनथेप र दिवश बिश्वकर्माको जोडीलाई २१ / १८, २१/१४ ले पराजित गरे ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top