पोखरामा ल्होछार कप टेनिस शुरु

पोखरा, २७ पौष । लामा ब्रदर्श पोखराको आयोजनामा बिहीबारदेखि लेकसाइडमा ‘ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगिता’ शुरु भएको छ । बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्गले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर प्रिति बराललाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि तामाङ्गले तामाङ्गहरुको पर्व सोनाम ल्होछार पर्वको अवसरमा आयोजित प्रतियोगिताले खेलको विकाससंगै संस्कृतीको जगेर्णा गर्ने विश्वास व्यक्त गरे । विशेष अतिथि कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले लेकसाइडमा आयोजित प्रतियोगिताले पर्यटन र खेलकुद जोड्न सफल भएको बताउँदै प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

गुरुङ्ग भिलेज टेनिस कोर्टमा आयोजित प्रतियोगिताको पहिलो दिनका खेलहरुमा शम्भु गुरुङ्गले राजु गुरुङ्गलाई ६–३, ६–१ मा, राजन पौडेलले धर्म कोइरालालाई ६–०, ६–१ मा, लक्ष्मण तामाङ्गले बसन्त प्रधानलाई ६–१ र रिटायर्ड हर्टमा, प्रकाश वाग्लेले नारायण पहारीलाई ६–२, ४–६ र सुपरटाईमा १४–१२ ले, लोक गुरुङ्गले बिरेन्द्र लामालाई ७–५, ७–६ र सुपरटाईमा १०–८ ले, समिर शेरचनले मुनेस थापालाई ६–०, ६–१ ले तथा शिव सुवेदीले केवी तामाङ्गलाई ६–१, ६–१ ले पराजित गरे । प्रतियोगिता संयोजक बिरेन्द्र लामाको अध्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो । एक साता सम्म चल्ने प्रतियोगितामा एक विदेशी सहित पोखराका २७ जना खेलाडीले भाग लिएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top