नवौँ पोखरा महोत्सब आजदेखि, राष्ट्रियसभाका अध्यक्षले उद्घाटन गर्ने

पोखरा, २७ पुस । पोखराको अमरसिंह चौरमा आजदेखि नवौँ पोखरा महोत्सब सुरु हुदैछ ।महोत्सबको सम्पुर्ण तयारी पुरा भएको आयोजक युनाईटेड कलब पोखराले जनाएको छ ।

महोत्सबको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सबको प्रचारका लागि बिहिबार पोखरामा कार र्याली सम्पन्न भएको छ ।

माघको ८ गतेसम्म जारी रहने महोत्सबमा जाने दर्शकको लागि पचभैयामा निर्माण गरिएको ज्योलोजिकल पार्क (चिडियाखाना) निशुल्क अवलोकनको व्यवस्था गरिएको आयोजकको भनाई रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top