रोशनी आवासीय मा वि एस सी बर्ष २०६०का विधार्थी बाट न्यानो कपडा, स्टेसनरी र खेल्कुद सामग्री वितरण

स्याङ्गजा, २६ पौष । रोशनी आवासीय विद्यालय प्रगतिनगर स्याङजा एस सी बर्ष २०६० का विधार्थीले सयुक्त रुपमा सामाजिक कार्यमा अग्रसर हुदै अर्जुनचौपारी गाउँपालिका वड़ा न १ सिमलचौरमा अवस्थित श्री भवानी आधारभूत विधालयमा न्यानो कपडा र स्टेसनरी सामग्री सहित लगभग ८० हजार बराबरको सामग्री वितरण गरेका छन्। २०६० एस ल सी बर्षका विधार्थी सन्तोष पोखरेलले संयोजक गर्नु भएको कार्यक्रमको प्रमुख अतिथिको भुमिकामा पनि सन्तोष पोखरेलनै हुनुहुन्थयो ।

बि बि स सदस्य रण ब थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुइटर जुता मोझा कपी कलम र खेल्कुद सामग्री वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्तोष पोखरेलले आज यो विधालयमा आएर सामाजिक कार्यमा हात बढाउन पाउदा आफु निकै खुशी भएको भन्दै आगमी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बिधालयको प्रगतिको शुभकामना दिनु भयो।कार्यक्रमका प्रमुख अतिथि सन्तोष पोखरेल सदैव सामाजको हक र हितका लागि पर्ने एउटा उदारणीय समाजसेवीको रुपमा आफूलाई स्थापित गरिसकेका छन्।

उनले अझै पनि आफुले सक्ने ठाउमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफु लाइन्स क्लबमा रहेर पनि थुप्रै काम सम्पन्न गरेको अनुभव समेत सुनेएका थिए। उनले देश विदेश रहेका आफ्ना साथिहरु सग सहकार्य गर्दै सहयोग जुटाई यस्ता कार्यक्रम गरेको भन्दै प्रशंसा गर्दै उनिहरुको साथ र सहयोगले अझै सामाजिक कार्यमा आफुलाई हौसला मिलेको बताए।
। विधालय निरिक्षक ख्याम नारायण काफ्ले समेत उक्त कार्यको खुलेर प्रशंसा गरेका थिए। जनप्रतिनिधि ,स्थानिय र विधार्थीको माझमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो। २०६० एस ल सी बर्षका विधार्थीको यो कार्य प्रति बोल्ने वक्ताहरुले खुलेर प्रशंसा गर्नुभएको थियो।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top