प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागी स्थगीत

काठमाडौँ, २२ पुस । प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागी स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोधको प्रयास गरेपछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामकारवाहीका विषयमा जानकारी गराउनुभएको थियो । त्यस विषयमा कांग्रेसका सांसदहरुले प्रश्न गर्नु पाउनु पर्ने माग गरेका थिए । तर सभामुखले प्रश्नका लागि मागिएको समय दिन इन्कार गरेपछि कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोस्टम घेराउ गर्न पुगेका थिए ।

सभामुखले त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफलको प्रयास गर्नुभएको थियो । तर पुनः बैठक बस्न सकेन । संसद सचिवालयले सुचना टाँस गरी बुधबार दिउँसो १ बजे अर्को बैठक बस्ने जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top