प्रधानमन्त्री ओलीले भने – धैर्य गर्नुस रेलको टिकट खुल्छ र पानीजहाज पनि चढ्न पाइन्छ

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाजको विषयमा धैर्य हुन अनरोध गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रेल र पानीजहाजको काम अगाडि बढिसकेकाले यसमा धैर्य हुन अनरोध गरेका हुन्।

‘केही मानिसले कागजको पानीजहाज र खेलौना रेल बनाएर मजाक उडाए, रेलको टिकट कहिले खुल्छ पानीजहाज कहिले चढ्न पाइन्छ भनेर पनि सोधे’ सम्बोधनमा ओलीले भने,’ रेलको टिकट खुल्छ, पानीजहाज पनि चड्न पाइन्छ ढुक्क हुनुस्।’ उनका अनुसार जेल संञ्चालन र पानीजहाजको काम अगाडि बढिसकेको उनले दाबी गरे।

प्रधानमन्त्री ओलीले सरकारले यस बर्षको कार्यभार देशको संसरचनात्कम व्यवस्थापनमा लगाएको समेत बताए। ‘नीति तथा कार्यक्रम प्रस्तुत गरेको होइन साथीहरूले खोइ सरकार भन्नु’भो त्यसैले सरकारले गरेका कामको बारेमा भनिरहेको छु’ उनले भने।

कुल बैदेशिक सहायता बढ्नुका साथै उद्योगहरू, बैंकिङ क्षेत्रको कुन निक्षेप र नयाँ परियोजनाहरू पनि बढेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन्।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top