नमुना बस्ती मन बचन र कर्मसंग भुमिको उन्नती र प्रगती ग्रर्ने योजना :- पोख्रेल

सुजन न्यौपाने, समाचारपाटी, पोखरा, १० जेठ । अर्घाखाँची स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिका क्षेत्रमा  नेपाली काँग्रेसका अध्यक्ष उमेदवारमा युवा नेता लेखनाथ पोख्रेल चयन हुनु भएको छ । उहाँ विद्यार्थी कालदेखी  नै नेपाली काँग्रेसको राजनितीमा आस्था राख्नुहुन्थ्यो । पोख्रेल २०४५ साल बैसाख ६ गतेबाट ने.बि.संघमा प्रबेशे गरी राजनितीमा पाहिला चाल्नु भयो । मिजासिलो,  हसिलोअनुहारका धनि पोख्रेल राजनितीमा क्रमिक परिचित हुनुभयो ।

समाजसेवी र संगठकका रुपमा समेत पोख्रेल आरोह-अवरोहरुसँग जुध्दै राजनितीक अभियानलाई अगाडी बढाई रहनुभएको छ । पोख्रेल क्षेत्रीय प्रतिनिद्धी हुदै महाधिवेसन प्रतिनिधि सम्म आउदा सबैको आखाँमा परीचित बन्नुभयो । राजनितीमा जोसिला पोख्रेल भर्खरै  सम्मपन्न १३ औं महाधिवेसन प्रचार बिभागको  प्रमुखमा कुसलतापूर्वक आफ्नो कार्यभार समाल्दै आकर्षकको केन्द्र नै बन्नुभएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अहिले छत्रदेव गाँउपालिकामा सच्चा प्रतिनीधिका रुपमा चुनावी अभियानमा उत्रिनु भएको छ ।

राष्ट्रियता , लोकतन्त्र , र समाजवाद अंगाल्दै आउनुभएका पोख्रेल नेपाल र नेपाली जनताको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता,स्वाधिनता, राष्ट्रियहित र स्वाभिमानको रक्षाको लागि विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका जेल,नेल निर्वाह गर्दै आउनुभएका युवा नेता पोख्रेल आशाको निसानी पनि बन्नु भएको छ । बिषेश गरि नमुना बस्ती मन बचन र कर्म संग भुमिको उन्नती , शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकास मार्फत गाँउपालिकालाई समृद्ध वनाउने योजना बोक्नुभएको छ ।

अहिले पार्टीले अध्यक्ष उमेदवारको रुपमा अघि सारेपछि पोख्रेल घरदैलो अभियानमा जुट्नुभएको छ । बलियो पार्टी, कृयाशील कार्यकर्ता र लोकप्रिय युवा नेता लेखनाथ पोख्रेलको उम्मेदवारीले यस गाँउपालिकामा नेपाली काँग्रेसका कार्यक्रता खुसी देखिएका छन । यूवाहरुको आर्कसक्को केन्द्र लेखनाथ पोख्रेल संगै उपाध्यक्ष उम्दोवार तुल्सी देवी श्रेष्ठ आउनु भएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top