४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २० पौष

नेपाल प्रहरी श्रीमती संघ राहत वितरण
४ नं. प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले यही पौष २० गते पोखराको छोरेपाटान स्थित मानव सेवा आश्रममा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले उक्त आश्रममा अत्वाश्यक रहेका जिन्सी सामाग्री सहित खाध्यान्न समेत वितरण गरेको हो । संघकी अध्यक्ष कान्ता बोहराले आश्रममा रहेका वृद्ध वृद्धाहरुलाई लक्ता कपडा हस्तान्तरण गरि कार्यक्रमको उद्‌घाटन गर्नु भयो ।


संघकी सचिव रविना अर्यालले नेपाल प्रहरी श्रिमती संघ कुनैपनी दातृ निकायबाट सञ्चालन नभएको बताउदै आफुहरु देउसी भैलो कार्यक्रम तथा मेला महोत्सवहरुमा संघले राखेको स्टलहरुबाट आएको मुनाफाबाट बिगत लामो समयदेखीनै समाजिक कार्यमा तल्लिन रहेको बताउदै आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिईने बताउनु भयो ।


कार्यक्रमकै अवसरमा उक्त आश्रमका प्रतिनीधीहरुले ४ न. प्रदेश नेपाल प्रहरी श्रीमती संघप्रती आभार तथा धन्यवाद व्यक्त गर्दै भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउनु भएको छ ।
कार्यक्रममा ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की,वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रमुख प्रहरी नाव उपरीक्षक नविन कार्की लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

म्याग्दी होटेलमा आगलागी
मिति २०७५/०९/२० गते अन्नपुर्ण गाउँपालिका-३ दाना बस्ने शँकरमान गौचनको ढुङगा माटो काठले बनेको ढुङगाको छानो भएको दुई तल्लो कच्ची घर(होटलमा) अचानक विधुत सर्ट भई आगो लागी भएको भन्ने खबर प्राप्त हुना साथ तत्कालै प्रहरी टोली खटिई बुझ्दा उक्त घरको पुर्व साइडको भाग पुर्णरुपमा जली नष्ट भएको ,मानविय तथा चौपाय क्षती नभएको उक्त घरमा रहेको काठपात, लताकपडा जलि अन्दाजी ४,००,०००(चार लाख)बराबरको क्षेती भएको छ । आगो पूर्णरुपमा नियन्त्रणमा आएको , थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी(पूर्व) मृत अवस्थामा फेला परेको
मिति २०७५/०९/२० गते कावासोती नगरपालिका-४ स्थित रहेको हसौरा खोलामा घोप्टो परेको अवस्थामा सोहि स्थानका वर्ष ५१ की खिना अधिकारी मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

लमजुङ सवारी दुर्घटनामा १ जना घाईते
मिति २०७५र९र२० गते बेशिसहर नगरपलिका-७ ल्याड स्टार बोडिङ स्कुल नजिक मनाङचौतार बाट सेरा तर्फ जाँदै गरेको ग११प ५५७३ नं.को स्कुटरले सोहि स्थानका वर्ष-४ को अगेन गुरुङलाइ ठक्कर दिँदा घाईते भई उपचारको लागि मोडल अस्पताल बेशिसहर पठाइएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई स्कुटर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

बाग्लुङ मृत अवस्थामा फेला
मिति २०७५/०९/२० गते बाग्लुङ नगरपालिका-३ गैडाकोट स्थित भित्री सडक खण्डको नालीमा पुरुष व्यक्ति घोप्टो परि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा अनुसन्धान गर्दा मृत्यु हुनेमा पर्वत जिल्ला घर भएका अन्दाजी वर्ष ४०र४२ को खुम ब। लामिछाने रहेको पाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तनहुँ सवारी दुर्घटनामा १ जना घाईते
मिति २०७५र०९र२० गते आबुँखैरेनी गाउँपालिका -३ स्थित पृथ्वि राजमार्गमा डुम्रे बाट मुग्लिन तर्फ आउँदै गरेको ना ४ च ४१८० नं. को जिपले ब्रेकरमा ब्रेक लगाउने क्रममा सोहि दिशा तर्फ आउँदै गरेको ना १३ प ६०९ नं को मोटरसाईकल ठक्कर खान जाँदा मोटरसाईकल चालक जिल्ला नवलपुर गैडाकोट बस्ने वर्ष ५४ को शेर बहादुर बराईली घाइते भई उपचारको लागि छिम्केश्वरी अस्पताल आबुँखैरेनी पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

मिति २०७५/०९/२० गते । प्रहरी नायव उपरीक्षक
( गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top