कर्णाली जलविद्युत आयोजना निर्माणमा ढीलाई, भारतीय कम्पनीलाई अब म्याद नथप्न आग्रह

काठमाडौँ, १९ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले १० वर्षसम्म पनि भारतीय कम्पनीले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण नगरेको भन्दै अब म्याद नथप्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकको बिशेष समयमा उहाले पटक पटक समय दिदा पनि आयोजना पूर्ण हुन नसकेको भन्दै अव पुनः जिएमआरको म्याद नथप्न आग्रह गर्नुभएको हो । सरकार ‘जिएमआर’ सँग अनावश्यक रुपमा झुक्दै आएको उहाले बताउनुभयो । त्यस्तै उहाले २०७१ साल अघि नै लगानी विकास बोर्डले सम्झौता गरेको र २४ महिनाभित्र वित्तीय व्यवस्थापन हुनुपर्ने भएपनि अहिलेसम्म उक्त कार्य नभएको भन्दै असन्तोष व्यक्त गर्नुभयो ।

जिमआर कम्पनीले अरुलाई बेच्ने प्रयास गर्दे आएको भन्दै रावलले यस बिषयमा सरकारले सदनमा जानकारी गराउन माग गर्नुभयो । रावलले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माण गर्ने सन्दर्भमा भएको सम्झौता जिएमआर कम्पनीलाई कडाइका साथ पालना गराउँदै आयोजना अघि बढाउन सुझाव दिनुभयो ।

त्यस्तै काङ्ग्रेसका सांसद डा. डिला सङ्ग्रौलाले मुलुक अहिले जताततै समस्यै समयस्याबाट गुज्रिरहेको तथा निर्मला पन्तका हत्यारालाई पनि सरकारले नै संरक्षण गरिरहेको आरोप लगाउनुभयो । उहाँले देशमा अहिले भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै शान्तिसुरक्षाको अवस्था अत्यन्त कमजोर भएको र यसमा सरकार असफल हुँदै गएको टिप्पणी गर्नुभयो । राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले अघिल्लो वर्ष असिना र बागमती नदीमा आएको बाढीले रौतहटका किसानले लगाएको खेतीपाती नष्ट भए पनि हालसम्म क्षतिपूर्ति पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top