मेलम्ची खानेपानी आयोजना समयमा नै सम्पन्न हुने दाबी : केपी ओली

काठमाडौँ, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना समयमा नै सम्पन्न हुने दाबी गर्नुभएको छ । विहिबार ललितपुरको बालकुमारीमा फोहोरपानी प्रशोधन केन्द्रको शिल्यानाश गर्दे प्रधानमन्त्री ओलीले मेलम्ची आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने समेत बताउनुभयो ।

उहाले मेलम्ची आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने प्रतिवद्धता पनि जनाउनुभयो । उहाले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीले नै बाँकी काम गर्ने जानकारी पनि दिनुभयो । मेलम्ची खानेपाी आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिडेको भन्दै उहाले अहिले भने यसले तीव्रता पाएको जिकिर गर्नुभयो । बिचमा इटालियन कम्पनीले काम छाडेर हिँडे पनि मेलम्ची आयोजना तीव्र गतिमा अघि बढिरहेको उहाको भनाई छ । त्यस्तै उहाले प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना अगाडि बढ्ने कुरामा ढुक्क रहन आग्रह गर्नुभयो । अहिले मुलुक निर्माणको जिम्मा सरकारका साथै सबै आम नागरिकको पनि भएको उहाले बताउनुभयो । उहाले राजनीतिमा झमेला गरिरहनुपर्ने अबस्था नरहेको भन्दै शुसासन र बिकासको बाटोमा तिव्रताका साथ अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले राष्ट्रिय गौरवको रुपमा रहेको मेलम्ची आयोजना समयमा नै निर्माण गर्न मन्त्रालय गम्भीर रहेको बताउनुभयो । उहाले मेलम्चीका बारेमा जनताको चिन्ताबारे आफुहरु जानकारी रहेको भन्दै छिटो भन्दा छिटो उपत्यकाका बासिन्दालाई खानेपानी वितरण गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । मेलम्ची आयोजनाका बारेमा पछिल्लो समय परिस्थीतिले सरकारात्मक दिशा लिएको उहाको भनाइ छ ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत बालकुमारीमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । केन्द्रको निर्माणपछि बालकुमारीमा १७ करोड लिटर पानी दैनिक प्रशोधन हुने बताइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top