मार्मिक र मनछुने गीत ‘कसको भरमा’ सार्वजनिक

काठमाडौं, १९ पौष । कल्पनिकता भन्दा धेरै समाजकै यथार्थता र भोगाइमा साहित्य तथा गीत संगीतको सृजना हुन्छ । यसैक्रममा गरीबीको चपेटामा परेका मानिसको भोगाइ र अनुभवलाई समेटेर तयार पारिएको ‘कसको भरमा’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सो गीतमा केशव भावुक र प्रेम परियारको स्वर तथा सुधा मरहट्टाको शब्द सृजना रहेको छ । संगीत भने गायक केशव भावुककै रहेको छ । टेकेन्द्र शाहको निर्देशन रहेको सो म्युजिक भिडियोमा रमा थपलिया, आरती सिंह, केशव भावुुक र प्रेम परियारको अभिनय रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top